Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा कांग्रेसको जोड


७, असोज २०८०
  • 178
    SHARES
  • सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा कांग्रेसको जोड

    काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

    पार्टी कार्यालय सानेपामा केहि दिनदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी भएरमात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए । 

    आइतबार सम्पन्न बैठकपछि प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनतालाई प्रत्यक्ष महशुस हुने गरि सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिनुभयो । उहाँले निश्चित उदेश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको बताउनुभयो । सरकारले गरेको ठिक कामलाई जनतामाझ पुराउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा औल्याउन सकिने उहाँको भनाइ छ । 

    विश्वकर्माले अहिले गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीले सन्तुलित ढंगले लैजानुपर्ने र सन्तुलन गर्न नसके समस्या पर्ने जिकिर गर्नुभयो । सरकार ढल्ने र नढल्ने बिषय सरकारको कामकारवाहीमा भर पर्ने भएपनि सरकार परिवर्तनमा कांग्रेसले फर्केर नहेरेको बताउनुभएको छ ।

    त्यस्तै केन्द्रीय समिति बैठकमा महासमिति बैठकको प्रभावकारीता, पार्टी कार्यक्रमको समिक्षाका साथै समसामायिक बिषयमा धारणा राखेको विश्वकर्माले जानकारी दिनुभयो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend