Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाठकको अध्यक्षमा होटल एशोसिएसन अफ रुपन्देही नेपाल गठन


७, असोज २०८०
  • 604
    SHARES
  • पाठकको अध्यक्षमा होटल एशोसिएसन अफ रुपन्देही नेपाल  गठन

    रुपन्देही । होटेल व्यवसायीहरुको हकहितको लागि बुटवलमा भएको भेलाले क्लब डेनोभोका सञ्चालक प्रविणबहादुर पाठकको अध्यक्षतामा नौ सदस्यीय  एशोसिएसन अफ रुपन्देही नेपाल तदर्थ समिति गठन भएको छ ।

    जसको उपाध्यक्षमा दिलीप गौचन, महासचिवमा विकास पाण्डे, कोषाध्यक्षमा पदम केसी, सहकोषाध्यक्ष प्रनिदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे, टेकनाथ बस्याल रहनुभएको छ ।

    एशोसिएसनमा रुपन्देहीका बुटवल,तिलोत्तमा,सिद्धार्थनगर,देवदह,सैनामैना र लुम्बिनी सांस्कृतिक गरी ६ वटै नगर र पाँचतारे सहित करिब ५० वटा होटेल आवद्ध रहेका छन् । 

    आर्थिक मन्दीको मारमा परेका होटल व्यवसायलाई चलायमान र मर्यादित बनाउदैँ पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले व्यवसायिक एकता र सहकार्यको लागि होटल एशोसिएसन अफ रुपन्देही नेपाल स्थापना गरिएको अध्यक्ष पाठकले बताउनुभयो । होटेल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन आफुहरु लाग्ने समेत उहाँले जानकारी दिनुभयो । 

    पाठकले भन्नुभयो अर्बौं लगानी भएको व्यवसायले ‘उद्योगको मान्यता नपाउँदा सरकारबाट सहुलियत र राहत समेत पाउन  सकेको छैन। सरकारले मुलुकको समृद्धिको आधार पर्यटन भन्ने तर उद्योगको मान्यता दिन नसक्नु दुखद कुरा हो ।

    381515357_608094877936564_332353555674635454_n.jpg
    undefined
    381503171_2456092454596933_7558349400391083014_n (1).jpg
    undefined

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend