काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उहाँले भन्नुभयो, ‘म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुँदैन । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । सत्य एउटै हुन्छ । सत्यसँग सिंग नजुदाउँनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ ।’
उहाँले द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै उहाँले सरकारलाई शिक्षकहरुसँग चलाखी नगर्न आग्रह गर्नुभयो । शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्काेको नहुने भन्दै उहाँले सरकारको आलोचना गर्नुभएको हो ।