Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल मुस्लिम सङ्घको अध्यक्षमा मन्सुरी निर्वाचित


९, असोज २०८०
  • 168
    SHARES
  • नेपाल मुस्लिम सङ्घको अध्यक्षमा मन्सुरी निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित हुनुभएको छ । सङ्घको गए राति काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनबाट मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

    अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराउनुभएको थियो । तर सहमतिका लागि जनाउँदै निजामुद्दिनले मन्सुरीलाई समर्थन गरेपछि उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

    उक्त महाधिवेशनले नौ उपाध्यक्ष, तीन महिला उपाध्यक्ष, दुई महासचिव, ११ सचिव, एक कोषाध्यक्ष, सहकोषाध्यक्ष एकसहित ५१ सदस्य हुने गरी निर्विरोध निर्वाचित गरेको नेता निजामुद्दिनले जानकारी दिनुभयो ।

    विसं २०६५ मा स्थापना भएको सङ्घको हाल देशभर ४३ जिल्लामा शाखा रहेका छन् । तेस्रो महाधिवेशनका लागि देशभरबाट करिब चार सय प्रतिनिधिको सहभागिता रहेको थियो । आइतबार काठमाडौँको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend