Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

देशको अवस्था सिटामोल खाएर ठिक हुने खाले छैन : अध्यक्ष ओली


९, असोज २०८०
  • 269
    SHARES
  • देशको अवस्था सिटामोल खाएर ठिक हुने खाले छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताउनुभएको छ ।

    आज काठमाडौंमा आयोजित निजी क्षेत्रसँग नेकपा एमाले विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो । जरामा रोग लागेको छ भने माथि पातमा औषधी राखेर केही नहुने भन्दै ओलीले अहिलेको अवस्थामा विशेष उपचारको आवश्यकता रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, अहिलेको अवस्थामा सामान्य हिसाबले हुनेवाला छैन, सिटामोल खाएर यो रोग हट्दैन । एकछिनको ज्वरो पनि हट्ने अवस्था छैन, यसको खास उपचार नगर्ने हो भने हुँदैन । जरामा रोग लागेको छ, माथि पातमा औषधी राखेर केही हुँदैन । अहिलेको अवस्था त्यहीनिर पुगेको छ ।’

    यति गम्भीर कुराहरुप्रति सरकार बेखबर भएर ध्वस्त भएको अर्थतन्त्र सुधारको अवस्थामा छ भनेर जनतालाई झुटो आशा देखाइरहेको आरोप ओलीले लगाउनुभयो ।

    उहाँले भन्नुभयो, ‘गम्भीर कुराहरुप्रति सरकार बेखबर हुने र हाम्रो अर्थतन्त्रमा सुधारका लक्षणहरु देखिएका छन्, भनेर ध्वस्त भइरहेको छ, जनतालाई झुटो आशा देखाइरहेका छन् । यस्ते अवस्था हुनु हुँदैन ।

    चलायमान नहुने स्थानमा गएर पैसा थुप्रिएको छ भने, त्यसलाई चलायमान स्थानमा लगेर पनि चलाउनु पर्ने हुन्छ । ढिलो गर्ने धेरै पर्खिनु पर्ने समय पनि छैन ।’ उहाँले उद्योगहरु बन्द भइरहेको गम्भीर अवस्थामा सरकार गम्भीर नभएको भन्दै यस्तो तरिकाले देश अगाडि नबढ्ने बताउनुभयो । 

    उहाँले भन्नुभयो, ‘हामी मिशन ८४ मा लागेका छौं तर त्यो समयसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ कि रहँदैन । नयाँ नेपालतर्फ जानुपर्ने, अर्थतन्त्र बलियो हुनुपर्ने, उत्पादन बढ्नु पर्ने अवस्थामा त्यस्तो केही भएको छैन ।

    उद्योगहरु बन्द भइरहेका छन्, यो सामान्य कुरा होइन, उद्योगपतिलाई नाफा हुन्छ कि नोक्सान हुन्छ भन्ने कुरा होइन, देशलाई नाफा भएको छ कि नोक्सान त्यो हेर्नुपर्छ यो केही उद्यमीको विषय होइन, देशको विषय हो । यो विषयमा सरकार गम्भीर हुनुपर्छ । तर सरकार गम्भीर हुने स्थितिमा देखिँदैन्, यस्तै अवस्था हो भने देश अगाडि बढ्न सक्दैन ।’

    उहाँले आजको समयमा नेपालजस्तो देश ओरालो झर्दै गएको भन्दै यस्तो अवस्थाबाट देशलाई कसरी अगाडि बढाउने र परिवर्तन ल्याउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

    सरकारले ल्याएको बजेटलाई पनि उद्यमी व्यवसायीहरुको संस्थाबाट जस्तो स्वागत भयो त्यो देखेर आफू छक्क परेको भन्दै उद्यमी व्यवसायीहरु राजनीतिमा बढी लागेको बताउनुभएको हो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend