Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अब विद्युतको समस्या हुँदैन : मन्त्री बस्नेत


१०, असोज २०८०
  • 138
    SHARES
  • अब विद्युतको समस्या हुँदैन : मन्त्री बस्नेत

    बाँके । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युतको समस्या नहुने बताउनुभएको छ । 

    नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताउनुभयो । 

    “यहाँको विद्युत् समस्या समाधानका लागि नेपालगञ्ज–कोहलपुर १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आजबाट सुरू हुँदैछ”, मन्त्री बस्नेतले भन्नुभयो, “आयोजनाको निर्माण पूरा भएपछि बाँकेको विद्युत् समस्या समाधान हुनेछ ।” आयोजनाको निर्माणपछि ‘लो भोल्टेज’ र जथाभावी विद्युत् जाने समस्या समाधान हुनुका साथै उद्योग पनि पूर्णरुपमा सञ्चालनमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    नेपालगञ्जमा अहिले लो भोल्टेज र जथाभावी विद्युत् जाने समस्याले उद्योगी व्यवसायी निकै समस्यामा परेका छन् । उद्योगीमा देखापरेको विद्युत् समस्या हल हुने गरी यो आयोजना सुरू हुन लागेको मन्त्री बस्नेतले उल्लेख गर्नुभयो । 

    सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले नेपालगञ्जको विद्युत् समस्या समाधान हुने गरी निर्माण हुन थालेको आयोजना समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजना सुरु हुने तर वर्षौसम्म अलपत्र पारेर समस्या समाधानमा अवरोध हुँदै आएकाले यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

    अध्यक्ष धामीले पछिल्लो समय बाँकेमा उद्योग, कलकारखाना खुल्ने क्रम बढे पनि विद्युतलगायतका पूर्वाधार नबन्दा सञ्चालनमा कठिनाइ भइरहेकाले स्थानीय उद्योगी व्यवसायी समस्यामा परेको उल्लेख गर्नुभयो । अध्यक्ष धामीले नेपालगञ्जका उद्योगी व्यवसायीका समस्या सम्बोधन गरिदिन सङ्घका तर्फबाट मन्त्री बस्नेतलाई ज्ञापनपत्र समेत बुझाउनुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend