Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आयातित गुणस्तरहिन, चिनी खरिद गर्न बाध्य : सांसद बास्कोटा


१०, असोज २०८०
  • 265
    SHARES
  • आयातित  गुणस्तरहिन, चिनी खरिद गर्न बाध्य : सांसद बास्कोटा

    काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सर्वसाधारणले आयातित गुणस्तरहिन चिनी खरिद गर्न बाध्य भएको बताउनुभएको छ । 

    बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा उहाँले बजारमा सानो आकारमा प्याकिङ् भएको चिनी गुणस्तरहिन रहेको र बढी मूल्य समेत लिने गरेको बताउनुभएको हो । उहाँले आफुले एक ठाँउमा प्रयोग गरेको चिनी पानीमा घुल्न समय लागेको र गुणस्तरहिन देखिएको बताउनुभयो ।

    समितिमा आफुले प्रयोग गरेको चिनीको प्याकेट पानीमा घोलेर देखाउदै उहाँले गुणस्तरहिन चिनी बजारमा छ्याप्छ्याप्ती हुदाँ पनि यसको आयात रोक्ने प्रयास नभएको बताउनुभयो । बास्कोटाले उखु किसानको समस्या समाधान गरेर स्वदेशी चिनी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

    बाँस्कोटाले चिनी उत्पादन र आयातकर्ता तथा सरकारबाट सहयोग प्राप्त गर्ने एउटै व्यक्ति भएकाले हरेक वर्ष चाडवाडका समयमा अभाव सिर्जना भएको जिकिर गर्नुभयो । त्यस्तै उहाँले स्वास्थ्य उपकरण ल्याउने तर प्रयोग नगर्दा बिग्रने समस्याबारे सरोकारवालाँंग छलफल गर्नुपर्ने बताउनुभयो । 

    त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दैनिक उपभोग्यवस्तुमा भइरहेको कालोबजारी र महँगीले उपभोक्ता मारमा परेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले विधुत प्राधिकरणको डेडिकेटेड लाइनको राजस्व असुली नभएको अवस्थामा त्यसलाई पनि नाफामा देखाउने काम भएकाले छिटै टुङ्गो लगाउनुपर्ने बताउनुभयो । 

    समिति सदस्य लेखनाथ दाहालले समितिको प्रभावकारिता बढाउन छलफल र निर्णय गर्ने एजेण्डा प्राथमिकीकरण गर्न, विगतका उजुरी र निर्णय कार्यान्वयनको अवस्था बुझन तथा निर्णयलाई अलपत्र पार्ने निर्णय नगर्न सुझाव दिनुभएको थियो । 

    त्यस्तै समिति सदस्य अर्जुननरसिंह केसीले दशैँको मुखमा कालोबजार मौलाएका अत्यावश्यक खाद्य सामग्रीलगायतमा मूल्यवृद्धि भई आम जनता त्यसको मारमा परेको भन्दै त्यसतर्फ आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । समिति सभापति ऋषिकेश पोखरेलले समितिले छलफलका लागि केहि बिषयबस्तु तयार गरेको भन्दै प्राथमिकता अनुसार छलफल अघि बढाउने जिकिर गर्नुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend