Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मणिमुकुन्द युथको ८ औं बार्षिकोत्सव: "एकछाक मीठो खाना" अपाङ्ग आश्रममा


१४, असोज २०८०
  • 604
    SHARES
  • मणिमुकुन्द युथको ८ औं  बार्षिकोत्सव: "एकछाक मीठो खाना" अपाङ्ग आश्रममा

    बुटवल । प्रायः जसो शहर बजारमा सञ्चालन हुँदै आएका विभिन्न क्लवहरुले आ-आफ्ना कार्यक्रम र क्लवको वार्षिकोत्सब मनाउने शैली फरक हुन्छन् । सामाजिक कार्य सेवामा लाग्ने गरेका क्लवहरु आफ्नै स्रोत जुटाएर विभिन्न कार्यक्रमहरु गर्दै आएका हुन्छन् । 

    धेरैजसो क्लवहरुले भव्य रुपमा गर्ने गरेका बेला शनिवार देविनगरमा एउटा क्लवले आफ्नो वार्षिकोत्सब अन्य भन्दा फरक तरिकाले मनायो । "एकछाक मीठो खाना" अपाङ्ग आश्रममा रहेका अशक्तहरु सँग उद्देश्य राखेर । 

    उक्त क्लव थियो, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको ८ औं वार्षिकोत्सव । नेपाल अपाङ्ग आश्रम बुटवल उपमहानगरपालिका वडा न-११ देविनगरमा रहेको आश्रममा पुगेर क्लवले आफ्नो स्थापना दिनलाई सरल तर निकै महत्वाकांक्षी रुपमा मनाएको वक्ताहरुले बताउनुभयो ।

    लायन्स क्लवहरुले लिएको उद्देश्य अनुरुप नै कार्यक्रम गरिएको थियो । आश्रममा रहेका ४२ जना अपाङ्गहरुको माझ वार्षिकोत्सब मनाएको क्लवले वालकवालिका १२, पुरुष १९ र महिला १० अपाङ्गता भएका व्यक्तिहरुलाई "एकछाक मीठो खाना" खुवाएर मनाएको हो । 

    बर्ष २०२३/२०२४ का अध्यक्ष थानेश्वर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष लायन कमल थापा क्षत्री, विशिष्ट अतिथि सेकेन्ड भिपी बालाराम भट्टराई, प्रमुख अतिथि अर्जुनमान सैंजु र कार्यक्रम संयोजक लायन माधव ढकाल  लगायतले शुभकामना दिदै मणिमुकुन्द युथको कार्यको बारेमा जति सराहनीय गरेपनि कमि नहुने बताउँदै क्लबले हरेक वर्ष पाल्पाको दमकडा लगायतका स्थानमा गर्ने कार्यहरु अन्य क्लवभन्दा तुलनात्मक रुपमा उदाहरणीय रहेको जनाउनु भएको थियो । 

    आश्रमका प्रमुख डोल वहादुर रामदामले भन्नुभयो, बेलाबखतमा दाता तथा संघसंस्थाहरुले गर्दै आएको सहयोगले नै चल्दै आएको र मणिमुकुन्द युथले आफ्नो स्थापना दिनको अवसरमा हामीजस्ता भाग्यबाट नै ठगिएका अपाङ्ग व्यक्तिहरुलाई एकछाक मीठो खाना खुवाउँदा आफुहरुलाई भगवान नै प्रकट भएजस्तो हुने गरेको सुनाउनुभयो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend