Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

घुँडाको निःशुल्क प्रत्यारोपण


१८, असोज २०८०
  • 172
    SHARES
  • घुँडाको निःशुल्क प्रत्यारोपण

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी र आसपासका बिरामीलाई केन्द्रित गरी मानव अङ्ग प्रत्यारोपणमा निक्कै महँगो र जटिल उपचार मानिने घुँडाको प्रत्यारोपणको निःशुल्क सेवा प्रदान गरिएको छ । थाइल्याण्डस्थित बुद्धको पहिलो पाइला नामक परियोजनाअन्तर्गत लुम्बिनी क्षेत्रका ३२ बिरामीको निःशुल्क घुँडा प्रत्यारोपण गरिएको हो ।

    लुम्बिनीस्थित राजकीय थाई विहारको समन्वय र थाइलयाण्डका बौद्ध ध्यानगुरु सुधर्मगुरु र  सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचको पहलमा बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रमा घुँडा प्रत्यारोपण स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा सोमबार १४ र मङ्गलबार १६  बिरामीको घुँडाको शल्यक्रिया गरिएको थियो ।  

    घुँडा प्रत्यारोपणका लागि वरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ र शल्यक्रिया चिकित्सक १६ जनासहित ४५ जनाको टोली थाइल्याण्डबाट आएको थियो । ‘मानवताका लागि प्रेम’ नाराका साथ स्थापित थाइल्याण्डको सिरीराज अस्पताल एक सय ३५ वर्ष पुरानो हो । सिरीराज अस्पतालका प्रा.डा. किरातीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले अत्याधुनिक प्रविधिमार्फत घुँडाको प्रत्यारोपण गरेका हुन् । 

    घुँडा प्रत्यारोपणमा खटिएका चिकित्सक र बिरामीको उत्साहका लागि बुधबार लुम्बिनीमा आयोजित कार्यक्रममा बुद्धको जीवनको प्रमुख सन्देश नै मानव सेवा रहेकाले थाइल्याण्डका धर्मगुरु र चिकित्सकको पहलमा पहिलोपटक स्वास्थ्य शिविर गरिएको आयोजकले बताएका छन् । 

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले थाइल्याण्डको चिकित्सक टोलीले लुम्बिनी क्षेत्रका स्थानीयको उपचार गरेर ठूलो योगदान दिएको बताउनुभयो । उहाँले बुुद्धको उपदेश नै मानवसेवा भएकाले पवित्रस्थलमा घुँडाको प्रत्यारोपण गरेर थाइल्याण्डको चिकित्सक टोलीले पवित्र काम गरेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी क्षेत्रका आर्थिकरुपमा विपन्नलाई घुँडाको सफल प्रत्यारोपण गर्न पाएकामा थाइल्याण्डका बौद्ध ध्यान गुरु भिक्षु सुधर्मले खुसी व्यक्त गर्नुभयो । 

    नेपालमा स्वास्थ्य शिविर सञ्चालनका समन्वयकर्ता भिक्षु फ्रा अनिल सुगन्धले भगवान बुद्धकै कारण थाइल्याण्डका सुधर्मगुरु र सिरीराज अस्पतालका चिकित्सक प्रोफेसर किरातीको अगुवाइमा स्वास्थ्य शिविर सम्पन्न सफल भएको बताउनुभयो । उहाँका अनुसार डा. किराती नेतृत्वको बुद्धको पहिलो पाइला परियोजनाले थाइल्याण्डका पनि ग्रामीण बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

    थाइल्याण्ड बाहिर स्वास्थ्य शिविर सञ्चालन गर्ने सोचअनुसार पहिलो कार्यक्रम बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको भिक्षु सुगन्धले बताउनुभयो । लुम्बिनी आएर बिरामीको उपचार गर्न पाउँदा निकै खुसी लागेको सिरीराज अस्पताल हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्राध्यापक डा. किराती सि वानिचले बताउनुभयो ।  

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धजन्मस्थल लुम्बिनीकै कारण यस्ता जटिलखालको रोगको निःशुल्क उपचार सेवा स्थानीयले पाएको बताउनुभयो । उहाँले लुम्बिनी र बुद्धसँग जोडेर विहारले यस्ता कार्यक्रम बढाउनुपर्ने बताउनुभयो । 

    सिद्धार्थनगर सिटी अस्पतालका अध्यक्ष डा. सुबोधकुमार पाण्डेयले नेपालमा प्रविधिका कारणले निकै महँगो र खर्चिलो घुँडाको उपचार थाइल्याण्डको सिरीराज हस्पिटलसँगको सहकार्यमा आफूको अस्पतालमा गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend