Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न प्रदेश सरकारको सिफारिस


१९, असोज २०८०
  • 339
    SHARES
  • गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न प्रदेश सरकारको सिफारिस

    रोल्पा । लुम्बिनी प्रदेश सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ । भदौ ७ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नको लागी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको छ। 

    गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका रहने र केन्द्र साविक सुकिदह गाउँपालिका वडा नं.२ सुखाओडार जिनाबाङमा स्थानान्तरण गर्ने सम्बन्धी गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय भएका हो ।

    गंगादेव गाउँपालिका, सानडाँडा रोल्पाको गत बैशाख ८ गतेको गाउँ सभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका नामाकरण गर्ने र गाउँपालिकाको केन्द्र सुखाओडार जिनावाङ रहने गरि निर्णय गरेको जनाइएको छ। 

    स्थानीय ऐन २०७४ को दफा ४ मा व्यवस्था भए बमोजिम गाउँपालिकाको नाम परिवर्तन सम्बन्धमा संघीय सरकारमा सिफारिस गर्न अनुरोध सहित प्रदेश सरकारमा पत्र प्राप्त भएको थियो। सो पत्रको आधारमा प्रदेश सरकार मन्त्रिपरिषद् बाट बैठकबाट स्वीकृत गरेको छ।

    गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय स्वीकृतीका लागि प्रदेश सरकार मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले साउन २१ मा स्वीकृति प्रदान गरेका थिए।

    प्रदेश सरकार (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूची १ बमोजिम सो प्रस्ताव पेश गरिएको हो। गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने बिषयमा पटक पटक विवादको बीच पनि गाउँपालिकाले पुरानै नाम र केन्द्र परिवर्तन गर्ने दौडधुपमा लागेको देखिन्छ। तर गंगादेव गाउँपालिका अध्यक्ष हरि बहादुर पुन भने आफ्नो चुनावको समयमा गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने भनी भोट मागेको,आफ्नो घोषणापत्रमा पनि पहिलेकै नाम र केन्द्र कायम गर्नेुभएको प्रतिक्रिया दिनु भएको छ । 

    पुनले थप्दै भन्नु भएको छ;पहिले नाम र केन्द्र परिवर्तन गर्ने विषयमा केही विवाद भएको थियो तर अहिले त्यति विवाद छैन;उहाँले भन्नुभयो।नेकपा माओवादी केन्द्र,नेकपा एमाले र नेकपा लगायतले विरुद्ध गर्नु भएको थियो र अहिले उहाँहरुले पनि विवाद गर्नु भएको छैन पुनले भन्नुभयो।गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने सन्दर्भमा केही समय पर्खनु पर्ने कुरामा पुनले जोड दिनुभएको छ।

    386459867_1546802989465104_453082852871660557_n.jpg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend