Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न


२०, असोज २०८०
  • 292
    SHARES
  • पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न

    भैरहवा । पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको चाहाना विश्व समृद्धीको कामना भन्ने नाराका साथ २०५७ सालमा स्थापना भएको संस्थाले आज २४औँ साधारण सभा शनिबार गरेको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी संस्थाहरु एक जुट हुँदै टुरिष्ट सहकारी र स्थानीय सहकारी बिचको बुझाइलाई जनमानसमा चिर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन्  ।

    कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं १५ का वडाध्यक्ष तथा प्रमुख अतिथि खेम प्रसाद गुरुङले राज्यको ढुकुटी जोगाउको लागि सहकारीले अह्म भूमिका निभाएको बताँउदै स्थानिय स्तरका सहकारीमा बचत गर्नुपर्ने बताउनुभयो । बचतकर्ता तथा ऋणीहरुले बचत, ब्याज र किस्ता समयमै तिर्ने दायित्व सम्झेमा सहकारीहरु सञ्चालनमा समस्या नहुनेमा प्रमुख अतिथि गुरुङले जोड दिनुभयो ।

    संस्थाका अध्यक्ष डोलराज बस्यालले पशुपति सहकारी अब्बल रहेको बताउँदै लगानीकर्ता तथा शेयर सदस्यको बचत सुरक्षित रहेको बताउनुभयो । कार्यक्रम संयोजक लालमणी भुसालले सहकारीको बार्षीक कार्यतालिका अनुसार सामाजिक उत्तरदायित्वका काम गर्दै आएको बताउनुभयो ।

    पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७९।८० सम्म संस्थाको शेयर पूँजी २६ करोड ४ लाख ७७ हजार , ५९ लाख ५५ हजार २ सय ६४ रुपैँया जगेडा कोष, बचत संकलन २० करोड २९ लाख ४६ अजार ८ सय ११, कर्जा जोखिम कोष ३२ लाख ९४ हजार २ सय ९० र अन्य कोष ६४ लाख ८५ हजार ४ सय ३४ रहेको छ । साधारण सभाको अवसरमा जेष्ठ नागरिक सम्मान, कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याउने शेयर सदस्यका छोराछोरी सम्मान र असल ऋणीलाई सम्मान गर्नुको साथै चिठ्ठा कार्यक्रम पनि गरिएको थियो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend