Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको व्यवसायीहरुको गुनासो


२३, असोज २०८०
  • 153
    SHARES
  • पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको व्यवसायीहरुको गुनासो

    चितवन । पोल्ट्रीको राजधानीको रुपमा रहेको चितवनमा पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको गुनासो व्यवसायीहरुले गरेका छन् । 

    विश्व अण्डा दिवसका बिषयमा जानकारी दिन मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कोरोना महामारीका साथै दानाको मुल्य बृद्धि र बैकको चर्को ब्याजका कारण पोल्ट्री ब्यबशाय ओरालो लाग्ने क्रममा रहेको बताएका हुन् ।

    अण्डा लगाएत पोल्ट्रीजन्य उत्पादनले उत्पादन लागत पनि नपाउने गरेको नेपाल लेयर्स कुखुरा पालक सघका अध्यक्ष बिनोद पोखरेलले बताउनुभयो ।

    चितवनमा रहेका कुखुरा पालक किसान ह्याचरी उद्योगहरु आधा भन्दा बढी बन्द भईसकेको उहाँले बताउनुभयो । पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनको करीब ४ प्रतिशत योगदान दिनुका साथै ५ लाख ब्यक्तिलाई रोजगार प्रदान गरेको संघले जनाएको छ ।

    कोभिड भन्दा अगाडी दैनिक ५० देखि ५५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर ३० लाख गोटामा झरेको छ । चितवन र यसको आसपासको क्षेत्रमा हाल करीब १६ लाख लियर्स कुखुरा रहेको र १ सय ५० किसान आबद्ध रहेका छन् ।

    पोल्ट्री ब्यवसाय प्रति सरकारको नितिगत कारणले गर्दा पोल्ट्री ब्यवसायीहरु समश्यामा परेको नेपाल ह्याचरी महासघका अध्यक्ष गुणचन्द बिष्टले बताउनुभयो । पोल्ट्री ब्यवसायको अबस्था नाजुक रहेकै अबस्थामा असोज २६ गते बिश्व अण्डा दिवस मनाउन लागिएको उनीहरुले जनाएका छन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend