Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत


२४, असोज २०८०
  • 166
    SHARES
  • धुलिखेल अस्पतालमा छिट्टै ट्रमा सेन्टर सुरु हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

    काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री मोहनबहादुर बस्नेतले धुलिखेल अस्पतालमा अब छिट्टै ट्रमा सेन्टर सुरु हुने बताउनुभएको छ । 

    काभ्रेपलाञ्चोकको धुलिखेलस्थित उक्त अस्पताल र नेपाली र जर्मनीमा रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुबीच स्थापित संस्था (जिनेसोग)ले आयोजना गरेको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज शुभारम्भ गर्दै उहाँले अरनिको र बिपी राजमार्गको छेउमा रहेको यस अस्पतालका लागि विदेशी दातृ संस्थाबाट प्राप्त रकम नेपाल सकारले स्वीकार गरिसकेकोले आवश्यक व्यवस्थाका लागि सहजीकरण गरी अब छिट्टै सेवा सुरु गरिने बताउनुभएको हो ।

    समुदायस्तरमा सञ्चालन भएको उक्त अस्पताल गुणस्तरीय हुनाका साथै गरिब, असाहाय र विपन्न नागरिकलाई सहज, सुलभ र राम्रो सेवा पुर्‍याएकामा मन्त्री बस्नेतले यसको प्रशंसा गर्नुभयो ।

    राज्यको सानो सहयोगमा पनि आफ्नो बुद्धि र विवेकले सामुदायिक अस्पताल सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै उहाँले सामुदायिक अस्पताल सञ्चालन गर्न चाहनेले एक पटक धुलिखेल अस्पतालमा गएर हेर्नुपर्ने सरकारले पनि यहाँ भएको राम्रो कुरा अन्य अस्पतालमा पनि लागू गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    सो अवसरमा उहाँले धुलिखेल अस्पतालले यसअघि पनि महिलामा पिसाब चुहिने समस्याको राम्रो उपचार गर्न सफल भएको र अहिले पनि स्त्री तथा प्रसूति रोग विशेषज्ञबीच गरिएको सम्मेलनबाट थप तथा गुणस्तरीय सेवा प्रदान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

    धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. राकमण्ठ माकजू श्रेष्ठले सर्वसुलभरुपमा आम नागरिकको सेवाको लागि गुणस्तरीय सेवा प्रदान गर्नाका साथै समयुदायमा आधारित सेवाबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

    उक्त अस्पतालका गाइनोलोजिष्ट प्रो डा. सुमनराज ताम्राकारले यस सम्मेलनले स्त्री तथा प्रसूति रोगको सेवमा हुने उपचारमा नयाँ फड्को मार्नाका साथै नेपाली महिलालाई स्वस्थ बनाउने अभियानमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सम्मेलनमा निःसन्तान, रजोवृत्ति, पाठेघरमा जन्मजात विकृति, गर्भवती बेलामा स्वास्थ्य समस्या, प्रसवपछिको अधिक रक्तस्राव, स्त्री रोगसम्बन्धी ल्याप्रोेस्कोपी शल्यक्रिया, इन्डोमेट्रिओसिस, पाठेघरमा मासु पलाउने, असामान्य महिनावारीबारे छलफल भएको थियो।

    नेपालभित्रका विभिन्न अस्पतालमा स्त्री रोगसम्बन्धी विभागमा काम गर्ने चिकित्सकलगायत करिब एकसय जनाको सहभागिता रहेको सो सम्मेलनमा नेपाल र जर्मनका गरी करिब एकदर्जन विशेषज्ञले आ–आफ्ना प्रस्तुति दिएको बताइएको थियो ।

    सम्मेलनपछि सहभागीले आ–आफ्नो कार्य क्षेत्रमा गई महिला स्वास्थ्यसेवाको गुणस्तर वृद्धिमा सघाउ पुग्ने अपेक्षा राखिएको संस्थाले जनाएको छ । यसअघि सन् २०१७ मा सो सम्मेलन भएको थियो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend