Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दैनिक दुई सय लिटर दूध बेच्दै नोमबहादुर


२५, असोज २०८०
  • 176
    SHARES
  • दैनिक दुई सय लिटर दूध बेच्दै नोमबहादुर

    दाङ । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसीले दैनिक दुई सय लिटर दूध बेच्नुहुन्छ । उहाँ बिहानै गाउँबाट मोटरसाइकलमा दूधका क्यान झुन्ड्याएर घोराही बजारका विभिन्न ठाउँमा पुगेर दूध बेच्दै आउनुभएको छ ।

    उहाँले वि.सं २०७१ बाट सुरु गरेको पशुपालन व्यवसायले राम्रो आम्दानी दिएको बताउनुभयो । केसीकोे मालति बहुउद्देश्यीय पशु तथा कृषि फार्म छ ।

    वि.सं २०७१ अघि दुईवटा भैँसीपालन गरेर पनि उहाँले साइकलबाट दूध बेचेको अनुभव सुनाउनुभयो । पैतालीस वर्षीय केसी तीन वर्ष घरको कमजोर आर्थिक अवस्था सुधार्ने विचारले मलेसिया रोजगारीका लागि जानुभयो ।

    मेलेसियाबाट फेर्केपछि फेरि उहाँ रोजगारीकै लागि भारत पनि जानुभयो । त्यहाँ पनि उहाँले सोचे अनुसारको कमाउन सक्नुभएन । त्यसकारण उहाँसँग वैदेशिक रोजगारीका क्रममा कैयौँ दुःख झेलेको अनुभव छ । 

    “विदेशमा गरिने परिश्रम नेपालमा गर्न सके सफलता प्राप्त गर्न गाह्रो छैन”, उहाँले भन्नुभयो, “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, तर स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” केसीले स्वदेशमै केही गर्नुपर्छ भनेर थालेको पशुपालन व्यवसायले आम्दानीसँगै तीन÷चार स्थानीय युवालाई रोजगारी दिनुभएको छ । 

    आफनो फार्मबाट दैनिक ३० लिटर र बाँकी गाउँका अन्य किसानबाट दुध खरिद गरी बिक्री गर्नुहुन्छ । उहाँको फार्ममा १८ भैँसी र तिनका पाडापाडी छन् । उहाँले केही दूध डेरी पसल र होटलमा दिनुहुन्छ भने बाँकी घरघरमा पुर्‍याएर फुटकर बेच्नुहुन्छ । 

    केसी आफ्नो घरबाट निस्केपछि बाटोका चोकचोकमा किसानबाट दूध सङ्कलन गर्दै अघि बढ्नुहुन्छ । “बिहान ३ बजे उठेर भैँसीको स्याहारसुसार गरेर अँध्यारै घरबाट निस्कन्छु, बिहान ९:३० बजेसम्म दूध बेचेर सक्छु”, उहाँले भन्नुभयो । उहाँलाइृ भैँसी र तिनका पाडापाडीको स्याहारसुसार गर्ने, दुहुने र आहारा तयार गर्ने काम गर्नुपर्छ । बिहान ५ बज्दा केसी दूध बोकेर हिँड्नुहुन्छ । घरका अन्य सदस्यले पनि सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।

    यही कामबाट आफूले मासिक रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले प्रतिलिटर रु एक सयमा दूध बेच्ने गर्नुभएको छ । केसीले आफनै जग्गामा मौसमअनुसार घाँस लगाउनुहुन्छ । उहाँले पराल र भूस पनि आफ्नै जग्गाबाट उत्पादन गर्नुहुन्छ । मोटरसाइकलमा दूधका क्यान बोकेर हिँड्दा ट्राफिक प्रहरीले समाउने गरेको उहाँले बताउनुभयो । 

    उहाँले भन्नुभयोे, “धेरै पटक जरिवाना तिरेको छु, मोटरसाइकलमा यसरी बोक्ने होइन, गाडी किन्न भन्छन् ।” तत्काल गाडी किन्न नसक्ने हुँदा समस्या भएको उहाँले बताउनुभयो । किसानप्रति सम्मानको व्यवहार नभएका कारणले पनि युवा कृषिमा आकर्षित हुन नसकेको उहाँको भनाइ छ ।

    उहाँले हालसम्म कतैबाट अनुदान नपाएको बताउनुभयो । राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालक किसानलाई सहुलियत दिनुपर्ने उहाँको धारणा छ ।

    वास्तविक किसानले अझै पनि अनुदान पाउन नसक्ने समस्या कायम रहेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका केसी उदाहरण पात्र मात्रै हुनुहुन्छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend