Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल सांस्कृतिक महासंघ रोल्पाको तेस्रो अधिवेशन हुँदै


२५, असोज २०८०
  • 445
    SHARES
  • नेपाल सांस्कृतिक महासंघ रोल्पाको तेस्रो अधिवेशन हुँदै

    रोल्पा। नेपाल सांस्कृतिक महासंघ रोल्पाको तेस्रो अधिवेशन हुन लागेको छ। नेपाली कांग्रेसको भातृ संस्था अन्तर्गत रहेको नेपाल सांस्कृतिक महासंघ रोल्पाको तेस्रो अधिवेशन असोज २७ गते शनिबारका दिन रोल्पा उद्योग वाणिज्य संघको हल लिबाङ्मा हुन लागेको नेपाल साँस्कृतिक महासंघ जिल्ला कार्यसमिति रोल्पाका सभापति सागर बाबु पुनले जानकारी दिनु भएको छ। 

    लोकतान्त्रिक समाजवादको लागि लोकतान्त्रिक संस्कृति भन्ने मुल नाराका साथ नेपाल सांस्कृतिक महासंघ रोल्पाको तेस्रो अधिवेशन हुन लागेको हो। कार्यक्रमलाई संविधान सभा सदस्य एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उप-सभापति माननीय राजु खनालले सम्बोधन गर्ने बताइएको छ।

    पुनको प्रमुख आतिथ्यता र खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम हुन लागेको बताइएको छ। कार्यक्रममा केन्द्रिय कलाकारहरुको समेत उपस्थित हुने जनाइएको छ। 

    जसमा लोक तथा  दोहोरी गायिका राधिका हमला,लोक तथा दोहोरी गायिका भुमसरी पुन,लोक तथा दोहोरी गायिका शिलु भट्टराई,लोक तथा दोहोरी गायक सुनिल थापा र नेपाल सांस्कृतिक महासंघका केन्द्रिय महामन्त्री एवम् हास्य कलाकार शिवशंकर रिजाल(जोगिन्दर पानवाला)लगायले  आफ्नो प्रस्तुति राख्ने बताइएको छ।

    साथै उक्त कार्यक्रममा केन्द्रिय कलाकारहरुको प्रस्तुतिसँगै नेपाल सांस्कृतिक महासंघ रोल्पा र रोल्पा नगरपालिका तथा सबै गाउँपालिबाट सहभागी भएका स्थानीय प्रस्तुति समेत रह्ने छ’ आयोजकले भनेको छ।

     

    377120912_846787430408834_7043009604563535246_n.jpg
    undefined

    387490012_350034974161414_2047904010974258750_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend