Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वनबाटिकाको १३ औं साधारणसभा, एकबर्षमा ४ लाखले गरे अबलोकन 


२५, असोज २०८०
  • 177
    SHARES
  • वनबाटिकाको १३ औं साधारणसभा, एकबर्षमा ४ लाखले गरे अबलोकन 
    बुटवल । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को १३ औं वार्षिक साधारणसभा विहिबार सम्पन्न भएको छ । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह १-४ बाट सम्बन्धन प्राप्त संस्थाले आफ्नो साधारणसभा सम्पन्न गरेको हो । 

    २०६२ साल फागुन ६ गते स्थापना भई ०६५ असोज १३ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर सञ्चालनमा आएको वनबाटिका पछिल्लो समय बुटवलको चर्चित मध्येको पार्कको रुपमा परिचित हुँदै गएको छ । 

    केन्द्रलाई नगरपालिकाबाट ५० लाख रुपैयाँ  पर्यटन पूर्वाधार निर्माण गर्न विनियोजन भएको र प्रदेश सांसद भगवति पाण्डेको पहलमा उज्यालो वनबाटिकाका लागि १५ लाख रुपैयाँ दिईएको केन्द्रका सचिव फर्शुराम भण्डारीले बताउनुभयो । 

    साधारणसभाले "तिलोत्तमा बहुउद्देश्यीय व्यवसायीक टावर" लाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन आवश्यक पहल गरिने, मेकानिकल पार्किङ निर्माणको पहल, तारामण्डल घर निर्माणका लागि आवश्यक पहल, संस्थामा कार्यरत कर्मचारीहरुको सामुहिक दुर्घटना बिमा र स्वास्थ्य बिमा, समय अनुकुल बढ्दो महङ्गोलाई ध्यानमा राखी कर्मचारीहरुको तलव बृद्धि, बाबुराम स्मृति पार्क र प्रदेश सरकार र नगरपालिकाको पूर्वाधार निर्माण बजेटबाट वनभोज स्थल र उज्यालोका लागि लाईट व्यवस्थापन सहित २३ वटा नयाँ कार्यक्रम ल्याएको छ ।  

    चालु आर्थिक वर्षदेखि लेखा प्रणालीका सफ्टवेयर प्रयोगगरि लेखालाई पारदर्शी बनाउन विद्युतीय रुपमा लागू गरिएको, संस्थाले उपलब्ध गराएको संचयकोष तथा आयकर ऐनले निर्दिष्ट गरेको करकट्टी गरेको रकम नियमानुसार कट्टी गरेको उल्लेख गरिएको छ । 

    कर्मचारी प्रशासन नियमावली निर्माणसँगै प्रयोगमा ल्याईएको, आर्थिक प्रशासन नियमावली बनाउनुको साथै कामजातमा ल्याईएको, जिन्सी सामान खरिदको अभिलेख राख्ने प्रक्रिया र कर्मचारीहरुको बिमा गरिएको जनाईएको छ ।

    प्रगति 
    वनभोज स्थलमा करिव ५ सय ७० स्क्वाएर फूट टायल बिच्छाईएको, शहिद पार्कको स्तरोन्नति, शौचालय निर्माण तथा स्तरोन्नति, मूल गेटमा ईन्टरलक टायल लगाउने लगायत काम भएको  बताईएको छ ।  
    चालु आर्थिक बर्षमा पार्कमा अवलोकन गर्न २ लाख ७० हजार ४ सय १२  र पिकनिक तर्फ १ लाख ३४ हजार ७ सय ११ जनागरी ४ लाख पाँच हजार एकसय २३ जना पर्यटक आएको र आगामी आर्थिक बर्षमा ४ लाख ५० हजार रुपैयाँ पुर्‍याउने लक्ष्य राखिएको केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले बताउनुभयो । 

    पुरुष ३४८, महिला १३५ गरि आजीवन सदस्य ४८३ जना, साधारण सदस्य पुरुष ९६ र महिला ४८ गरि १४४ रहेका छन् । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend