Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संघीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वयको आवश्यकता-मुख्यमन्त्री चौधरी


१५, जेठ २०८०
  • 273
    SHARES
  • संघीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वयको आवश्यकता-मुख्यमन्त्री  चौधरी


    देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीयताको सुदृढीकरणका लागि सहयोग सहकार्य र समन्वयको आवश्यकता रहेको बताएका छन् । १६औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै चौधरीले तीन तहका सरकार बीच अधिकारको बाँडफाँडसंगै संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्था सामाजिक एवं राजनीतिक रूपमा संस्थागत हुँदै गइरहेको बताए ।

    मुख्यमन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै यो व्यवस्था स्थापनाका लागी महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्णलाई प्रशंसा गर्दै आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    गणतन्त्र दिवसले मुलुकको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रदेशका नागरिकहरुलाई आर्थिक समृद्धिको बाटो लैजान लाग्ने बताए । 

    348357790_280550654409834_843264531425399305_n.jpg

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend