Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सभापतीमा प्रजापाल र सहसचिवमा संगिता विजयी


२७, असोज २०८०
  • 143
    SHARES
  • सभापतीमा प्रजापाल र सहसचिवमा संगिता विजयी

    बुटवल । रुपन्देही क्षेत्र न.२ को क्षेत्रीय सभापति पद र सहसचिव पदको लागि शनिवार बुटवलको नेपाल बाल सङगठनको प्राङगणमा निर्वाचन सम्पन्न भएको छ । सभापती पदको उम्मेदवारमा युवा नेता प्रजापाल गिरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी पर्शुराम ढकाल १०१ मतको अन्तरमा पराजित हुनुभएको छ ।  

    त्यस्तै सहसचिवमा संगिता अर्याल गौतम विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी बिष्णुप्रसाद चापागाई ८ मतको अन्तरमा पराजित हुनुभएको छ ।

    परिणाम अनुसार सभापति पदमा गिरीले ३४६ मत पाउनुभयो । भने प्रतिस्पर्धी परशुराम ढकालले २४५ मत मात्र पाउनुभयो। त्यस्तै सहसचिवमा २९७ मत सहित संगीता गौतम अर्याल बिजयी हुनुभयो भने विष्णु प्रसाद चापागाईले २८९ मत मात्र पाउनुभयो। निर्वाचनका लागि ६७२ मतदाता रहेकोमा ६१३ मत खसेको निर्वाचन स्रोतले बताएको छ ।

    पार्टीको १४ औं महाधिबशेनबाट निर्वाचित हरि लम्सालले पदबाट राजिनामा दिएपछि सभापति पद रिक्त हुँदै आएको थियो । त्यस्तै सहसचिव राजबहादुर क्षेत्रीले पार्टी परित्याग गरेपछि उक्त पद पनि खाली रहेको थियो । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend