Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

निर्माण ब्यवसायीद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 


२८, असोज २०८०
  • 624
    SHARES
  • निर्माण ब्यवसायीद्धारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

    बर्दिया । नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली छठ पर्व तथा नेपाल संवतको पावन अवसरमा निर्माण ब्यवसायी संघ बर्दियाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । निर्माण ब्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर  विष्ट रहनुभएको थियो । 

    कार्यक्रममा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव,बढ़ैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी,नेपाल निर्माण ब्यवसायी महासंघका केन्द्रीय सदस्य गंगा पोखरेल,लुम्बिनी प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव भेषराज पौडेलको उपस्थिती रहेको थियो ।

    त्यसैगरी राजनितिक दलका प्रमुख एवं प्रतिनिधी,सडक पुर्वाधार विकास कार्यालयका प्रमुख गोविन्द बहादुर महतरा,बबई भादा औरही नदी व्यवस्थापन आयोजनाका लेखा प्रमुख बखत बहादुर खडका, उद्योग व्यापार संघ, समाजसेवी, होटल व्यवसायी संघलगायतको उपस्थिती रहेको संघका सचिव जगदिश  अधिकारीले बताउनुभयो । 

    कार्यक्रममा उपस्थित वक्ताहरुले निर्माण व्यवसायीमा देखिएका समस्याको समाधानको निम्ति सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिएका थिए  । निर्माण व्यवसायीहरुले  घटाघट नगरी गुणस्तरिय कार्य गर्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो । शुभकामना कार्यक्रममा बोल्दै वक्ताहरुले विकास निर्माणमा व्यवसायीहरुसँग नङ र मासुको जस्तै सम्वन्ध रहेको भन्दै यसप्रति सबै सचेत भएर अगाडि बढे मात्र विकासले सही गति लिने धारणा ब्यक्त गरेका थिए । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend