Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाले श्रम डे मनाउदैँ 


२९, असोज २०८०
  • 147
    SHARES
  • परिवर्तन गाउँपालिकाले श्रम डे मनाउदैँ 

    रोल्पा। रोल्पाको परिवर्तन गाउँपालिकाले श्रम डे मनाउने भएको छ। कार्तिक १ गते बुधबारका दिन श्रम डे मनाउन लागेको हो। परिवर्तन गाउँपालिकाको आह्वान,श्रममा सम्मान भन्ने मूल नारा सहित कार्तिकको १ गते हामीले श्रम डे मनाउने निर्णय गरेको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले जानकारी दिनु भएको छ।

    परिवर्तन गाउँपालिकाको गौरवको हिसाबले त्यसमा आम परिवर्तन गाउँपालिका बासी,जनसमुदायहरु,कर्मचारी, शिक्षक,व्यापारी लगाएतले यो अभियानलाई सफल बनाउनेमा आफू आशावादी रहेको समेत अध्यक्ष बुढा मगरको भनाइ रहेको छ।

    परिवर्तन गाउँपालिकाको शानलाई सहयोग गर्ने गरि कार्त्तिक १ गतेका दिन बुधबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म ८ घण्टा काम गर्ने हिसाबले तपाईंहरु जुत्नु हुनेछ भन्नेमा आफू विश्वस्त रहेको छु उहाँले भन्नुभयो। 

    फेरि बुढा मगरले थप्दै भन्नुभयो किनकि त्यो ८ घण्टा हामी आफैंले गरेर हुने हो,कसैले गरेर हुँदैन राज्यको मात्र होइन संघ सरकार,प्रदेश सरकारको मुख ताक्ने होइन कि स्थानीय तहको सरकारको स्रोत साधनले भ्याएसम्म के काम गर्ने,त्यो मा श्रम मिसायौं भने समृद्धि हुन्छ भन्ने लागेको छ उहाँले दाबी गर्नुभयो । 

    कार्तिक १ गतेको दिन गाउँपालिकाको अभियानमा जोडिएर परिवर्तन गाउँपालिका भित्रका सबै आम नागरिकहरुले सहयोग र सफल बनाइदिन समेत अध्यक्ष बुढा मगरले आग्रह गर्नु भएको छ।परिवर्तन गाउँपालिकाको ६ वटै वडामा श्रम डे अभियानलाई सफल बनाउन परिवर्तन गाउँपालिकाले आग्रह गरेको छ।393383322_1518782035592240_8538014114141229754_n.jpg

    387467393_635545442106996_3771782686316706117_n.jpg

    370279428_1047877569544818_4506708656543237247_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend