Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लिबाङ बजारको अनुगमन


१, कात्तिक २०८०
  • 204
    SHARES
  • लिबाङ बजारको अनुगमन

    रोल्पा । लिबाङ बजारको अनुगमन गरिएको छ । नेपालीहरु चाडपर्व दशै,तिहार र छठ लगायतलाई मध्यनजर गर्दै लिबाङ बजारलाई बुधबारका दिन अनुगमन गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय रोल्पा,घरेलु तथा साना उद्योग कार्यालय रोल्पा र भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाको आयोजनामा लिबाङ बजारमा सञ्चालन हुँदै आएका होटल,किराना पसल,मासु पसल र डेरी पसलको अनुगमन गरिएको हो।अनुगमन गर्दा मुल्य सूची,सरसफाई,दर्ता गरिएको छ कि छैन,खाद्यान्न तथा पिय पदार्थको म्याद छ कि छैन भनेर होटल र किराना पसलमा अनुगमन गरिएको छ।

    त्यस्तै डेरी उद्योग र मासु पसलमा पनि अनुगमन गर्दा मासु काट्ने ठाउँ र राख्ने ठाउँमा सरसफाइ नभएको पाइएको छ । ४,५ वटा पसल तल्लो स्तरको र सरसफाइ र सुधार नगरेमा पसल बन्द गर्ने चेतावनी दिएको समेत भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाका प्रमुख डाक्टर शंकर न्यौपानेले जानकारी दिनु भएको छ।

    जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख परमानन्द घिमिरेको संयोजकत्वमा भएको बजार अनुगमनमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक श्याम कुमार सारु मगर,शस्त्र प्रहरी रोल्पाका प्रहरी नायब उपरीक्षक विष्णु दत अवस्थी,घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका प्रमुख तारा प्रसाद शर्मा,भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख डाक्टर शंकर न्यौपाने,जिल्ला प्रशासन कार्यालय रोल्पाका नायब सुब्बा अम्मर केसी,नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचन मगर लगायत प्रहरीको टोली,घरेलु तथा साना उद्योग कार्यालय रोल्पाका कर्मचारी,भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाका कर्मचारी र विभिन्न मिडियामा आवद्ध पत्रकारको सहभागितामा बजार अनुगमन गरिएको थियो।

    393746826_784403193440287_3465778588358500068_n.jpg

    अनुगमन टोलीले १७ वटा होटल र १० वटा किराना पसलको अनुगमन गर्दा १ वटा ५ केजी आटा म्याद नाघेको फेला पारेको र कोक १ बोटल फेला पारी जफत गरी नष्ट समेत गरेको छ।२ वटा डेरी पसल र १९ वटा मासु पसलको समेत अनुगमन गरिएको छ।

    दशै,तिहार तथा छठ पर्वलाई लक्षित गरि आम नागरिकको स्वास्थ्यलाई मध्यनजर राख्दै खाद्यान्न तथा पिय पदार्थको गुणस्तरीय र कालो बजारीलाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रोल्पा,घरेलु तथा साना उद्योग कार्यालय रोल्पा र भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्र रोल्पाले निरन्तर बजार अनुगमन गर्दै आएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend