Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शहिद बन्जाडेको शालिक प्रतिस्थापन कार्यक्रम सम्पन्न 


२, कात्तिक २०८०
  • 271
    SHARES
  • शहिद बन्जाडेको शालिक प्रतिस्थापन कार्यक्रम सम्पन्न 

    अर्घाखाँची । मालारानी गाउपालिका वडा नं २ स्थित डाँडाकटेरिमा सहिद हुमानन्द बन्जाडेको शालिक तथा प्रतिक्षालय पुन स्थापना गरिएको छ । मालारानी २ पटौटिमा जन्मनुभएका सहिद हुमानन्द बन्जाडेलाई नेकपा माओवादी केन्द्रले २०६० असोज १२ गते जनयुद्धको नाममा डाँडाकटेरि उहाँकै घरमा हत्या गरेका थिए । उहाँ एमाले अर्घातोष गाउँ कमिटी सदस्य हुनुहुन्थ्यो ।

    पार्टिद्वारा निर्मित शालिकको अनावरण २०६७ कार्तिक २७ गते तात्कालिक पार्टी केन्द्रीय स्थाई कमिटी सदस्य के.पि । शर्मा ओलीले गर्नु भएको थियो। गतबर्ष बर्षाको कारणले भत्किएर शालिक क्षतीग्रस्त भएपछि नेकपा एमाले वडा नं २ मालारानि वडा कमिटि र सहिद हुमानन्द बन्जाडेको परिवारको सकृयतामा पुन निर्माण गरि सोहि ठाउँमा शालिकको प्रतिस्थापन गरिएको हो।

    कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद पूर्व मन्त्री चेत नारायण आचार्यले पार्टीका ईमान्दार , निष्ठावान र जुझारू कार्यकर्ता हुमानन्द बन्जाडेलाई क्रुरता पुर्वक हत्या गरेका माओवादिहरू यति बेला उहाँको रगतले पोलेर मानसिक तनाब र बिछिप्त अबस्थामा पुगेको बताउँदै हत्या हिंसाको राजनितिलाई अंगालेका माओवादिहरू शान्तिपूर्ण प्रतिस्पर्धाको राजनितिमा आय पनि बिस्तारै कमजोर हुँदै बिसर्जनको बाटोमा पुगेको र २ बर्ष भित्र समाप्त हुने दावी गर्नुभयो ।

    कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुसालले सहिद हुमानन्दको योगदानको चर्चा गर्दै पुन शालिक निर्माण सम्पन्न गरेकोमा वडा कमिटी र सहिद परिवारलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा सहिदका भाइ श्याम बन्जाडेले सामाजसेवी तथा निष्ठावान ब्यक्ति आदरणिय दाजुकोको के कारणले हत्या गरिएको हो ,हत्या भएको २० वर्ष पुग्दासम्म हामिले त्यस्को कारण थाहा पाउन नसकेको बताउँदै पार्टीले दाजुप्रति गरेको उच्च सम्मान प्रति मुग्धकण्ठले प्रशँसा गर्नुभयो।

    कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री ,प्रदेश कमिटी सदस्य शालिकराम आचार्य ,पूर्व प्रदेश कमिटी सदस्य जनार्दन खनाल ,भविश्वर पाण्डे ,प्रेम नारायण गैरे ,जिल्ला कमिटी उपाध्यक्ष ईश्वरा पोख्रेल ,उपसचिव शम्भु प्रसाद पोख्रेल ,कार्यालय सचिव लिल बहादुर बि कलाई दोसल्ला ओडायर सम्मान गरिएको थियो । 

    त्यस्तै जिल्ला कमिटी सदस्य तथा मालारानी ईन्चार्ज तिलक मिश्र ,जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर प्रमुख श्रीकृष्ण भुसाल जिल्ला कमिटी सदस्य लिल बहादुर पाण्डे ,गंगाराम खनाल ,मालारानी सहिद परिवार ,सहिद पत्नी राधिका बन्जाडे ,भिमकला बन्जाडे ,भाइ श्याम बन्जाडे ,छोरा युवराज बन्जाडे ,प्रविन बन्जाडे ,छोरि अमृता बन्जाडे , दिदी द्रौपता भुसाल ,सुन्तला बन्जाडेलाई दोसल्ला ओडायर सम्मान गरिएको थियो ।

    393852442_1950638451974349_5539798974900925561_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend