Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा साथि बहुउद्देश्यीय सहकारी संस्थाद्वारा साथि बिक्रि केन्द्रको शुभाराम्भ


१२, कात्तिक २०८०
  • 1,000
    SHARES
  • अर्घाखाँचीमा साथि बहुउद्देश्यीय सहकारी संस्थाद्वारा साथि बिक्रि केन्द्रको शुभाराम्भ

    रुद्रमणि भुसाल,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ चुत्राबेसिमा विगत १ बर्ष देखी सेवा दिइरहेको साथि बहुउद्देश्यीय सहकारी संस्था द्वारा संचालित साथि बिक्रि केन्द्र आम उपभोक्ताको माग अनुसार सन्धिखर्क १ शान्तिनगर (पुरानो कृषि सहकारी बजार)बाट दैनिक उपभोग्य सामग्री तथा स्थानीय उत्पादनको बजार केन्द्रको आजबाट सन्धिखर्कका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले समान खरिद गरि सन्चालनको शुभाराम्भ गर्नु भएको छ । 

    जिल्लाको उत्पादनलाई प्राथमिकता दिने भएकाले धानका साथै मकै ,तोरि , स्थानीय बोडि सिमि , टिमुर तथा अन्य स्थानीय उत्पादन भएमा सम्पुर्ण कृषकहरुलाई साथी बहुउद्देश्यीय सहकारी संस्थाले खरिद गरिदिने भएकाले जानकारी गराउन आमनागरिकलाई अनुरोध गरेको साथी सहकारीका अध्यक्ष प्रकाश भुसालले जानकारी दिनुभयो । 

    लुम्बिनी प्रदेश सरकारले झन्डै ५ वर्ष अगाडी करिब एक करोड लगानी गरेर अर्घाखाँचीमा सहकारी बजार सञ्चालन गर्ने उद्देश्यले केहि समय संचालन भएपनि तिन बर्ष देखि बन्द रहेकोमा अहिले जिल्लाको साथी बहुउद्देश्यीय सहकारी संस्थाले आफनै लगानीमा उक्त भवनको मर्मत गरि सहकारी पसल सञ्चालनमा ल्याएको छ ।  

    जिल्ला कृषि सहकारी संघले सञ्चालन गर्नेगरी भवन निमार्ण भएतापनि निरन्तर संचालन गर्न नसक्दा लामो समयदेखि भवन अलपत्र हुँदा भत्किएर जिर्ण अवस्थामा पुगेको थियो । 

    अलपत्र भबनको सर्वप्रथम दिर्घकालीन सोचसहित भवन मर्मत गरी सञ्चालनमा ल्याएको साथी बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो । सहकारीले केहि महिनामै जिल्लामा उत्पादन भएका हरेक विक्रीयोग्य सामाग्रीहरु उक्त पसलमा राख्ने र तोरीको अर्गानिक तेल खुवाउनको लागि सहकारीले आफ्नै लगानीमा मिल संचालनको तयारी अन्तिम चरणमा पुगेको रुद्र श्रेष्ठले बताउनुभयो ।

    received_799787045232434.jpegreceived_253731823963482.jpegreceived_864958231831425.jpegreceived_858338749027781.jpegreceived_228200996943994.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend