Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकामा समाजवादी मोर्चा नेपाल गठन


१३, कात्तिक २०८०
  • 139
    SHARES
  • परिवर्तन गाउँपालिकामा समाजवादी मोर्चा नेपाल गठन

    रोल्पा। परिवर्तन गाउँपालिकामा समाजवादी मोर्चा नेपाल गठन भएको छ । समाजवादी मोर्चा नेपालको केन्द्रिय निर्देशन अनुसार परिवर्तन गाउँपालिका रोल्पामा आइतबार परिवर्तन गाउँपालिका(५ पुतलाचौरमा समाजवादी मोर्चा नेपाल गठन गरिएको हो।

    संयुक्त तीन दल नेकपा (माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी बीच समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकामा गठन भएको नेकपाका एक प्रतिनिधिले जानकारी दिनु भएको छ।

    हामीले तीन दलका जिम्मेवार व्यक्तिहरुको उपस्थितिमा समाजवादी मोर्चा नेपाल गठन परिवर्तन गाउँपालिकामा गठन गरेका छौँ,ती प्रतिनिधिले भने।साथै आइतबार गठन भएको समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकाले नेतृत्वको समेत भागबण्डा गरेको छ । जसमा पहिलो चरणको ४ महिना नेकपा(एकीकृत समाजवादी)ले  संयोजकत्व गर्ने निर्णय गरिएको छ।संयुक्त तीन दलबाट समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकामा ३ र ३ जनाको प्रतिनिधित्व रहेको छ।

    ने.क.पा(एकीकृत समाजवादी)का मन प्रसाद घर्ती(संयोजक) रहेका छन।भने पारस ओलि र धन कुमारी घर्ति प्रतिनिधिमा रहेका छन।नेपाल कम्युनिष्ट पार्टीबाट पृथ्वी डाँगी सी,गणेश बुढा सि र हिरालाल खड्का सी रहेका छन।

    त्यस्तै नेकपा माओवादी केन्द्रबाट हरिप्रसाद बुढा मगर,कर्ण बुढा मगर र वीर बहादुर के।सी रहेका छन।समाजवादी मोर्चा नेपाल रोल्पा जिल्ला स्तरीय सन्देश सभा सम्पन्न भएपछी पालिका स्तरीय सन्देश सभा गर्ने भनेर मोटामोठी छलफल भएको नेकपा परिवर्तन गाउँ समितिका इन्चार्ज पृथ्वी सीले जानकारी दिनु भएको छ। समाजवादी मोर्चा नेपाल परिवर्तन गाउँपालिकाको कहिले गर्ने भनेर मिति टुंगो नलागेको समेत प्रतिक्रिया दिनु भएको छ।

    हिजो पालिका स्तरीय समाजवादी मोर्चा नेपाल गठन गर्ने र  सन्देश सभा गर्ने सन्दर्भमा छलफल भएको समेत जनाइएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend