Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित कृषि सम्बन्धी स्थलगत तालिम सम्पन्न


१९, कात्तिक २०८०
  • 266
    SHARES
  • अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित कृषि सम्बन्धी स्थलगत तालिम सम्पन्न

    प्युठान । अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन र आर्थिक सबलिकरण गरी मनोबल अभिवृद्धि गर्नका लागि अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लक्षित एक दिने कृषि सम्बन्धी स्थलगत तालिम र अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

    समुदाय-प्रहरी साझेदारी कार्यक्रम तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आत्महत्या न्यूनीकरण कार्ययोजना, २०८० अन्तर्गत रहि पुन:स्थापना-सीपमूलक एवम् व्यवसायिक तालिम, सहज पारिवारिक वातावरण तयार गर्ने हेतूले प्युठान जिल्लाका करिब ४० जना अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले सेवानिवृत्त जीवनमा सक्रिय जीवनशैली, पारस्परिक सद्‍भाव र सामुहिक सहकार्यले जीवनस्तर सबल हुने र मनोसामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न गई अवकाश प्राप्त प्रहरी कर्मचारीहरुको व्यक्तिगत तथा पारिवारिक जीवनमा उल्लेखनीय सुधार हुने धारणा व्यक्त गर्नुभयो ।

    सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमान सिंह गिरी र एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानका निमित्त कार्यालय प्रमुख गणेश श्रेष्ठले व्यवसायिक कृषि, दर्ता प्रक्रिया, नेपाल सरकार एवं प्रदेश सरकारले कृषकहरुका लागि प्रदान गरेका अनुदानहरुका सम्बन्धमा प्रशिक्षण प्रदान गर्नुका साथै उपस्थित अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको जिज्ञासा तथा सवालहरूको समुचित जवाफ दिनुभएको थियो भने नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति प्युठानका अध्यक्ष सञ्जय रिजालले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

    जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना तथा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठान र एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्युठानको सहयोग तथा समन्वयमा प्यूठान नगरपालिका-२ को सभाहलमा उक्त तालिमरअभिमुखिकरण कार्यक्रम गरिएको थियो ।

    प्युठान नगरपालिका-२ का वडाध्यक्ष एवं नेपाल पूर्व प्रहरी जिल्ला कार्यसमिति प्युठानका अध्यक्ष मोहन सिंह बिष्ट लगायत अन्य कार्यपालिकाका सदस्यहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई प्युठानी रातो मुलाको बिउ समेत वितरण गरिएको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend