Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

विपद व्यवस्थापन समिति परिवर्तन गाउँपालिकाको बैठक सम्पन्न


१९, कात्तिक २०८०
  • 241
    SHARES
  • विपद व्यवस्थापन समिति परिवर्तन गाउँपालिकाको बैठक सम्पन्न

    रोल्पा।रोल्पाको परिवर्तन गाउँपालिकाको स्थानीय व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ।आइतबार परिवर्तन गाउँपालिकाको आफ्नै सभाहल परिवर्तन गाउँपालिका-५ पुतलाचौरमा सम्पन्न भएको हो।

    बैठकमा विद्यालयको जोखिमको बारेमा निर्णय गर्ने सम्बन्ध,साउन २१ गते बसेको स्थानीय विपद व्यवस्थापन समितिको अनुसार वडा स्तरीय वडा विपद व्यवस्थापन समितिको रिपोर्टिङ र शुक्रबार राति ११:४७ बजेको समयमा जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर ६.४ म्याग्निच्युतको आफ्नो पालिकामा पारेको असरका बारेमा रिपोर्टिङ सम्बन्ध र विविध सम्बन्धमा छलफल भएको स्थानीय विपद व्यवस्थापन समितिका सदस्य पत्रकार सुर्य प्रकाश बुढा मगरले जानकारी दिनु भएको छ।

    परिवर्तन गाउँपालिकामा समग्र रूपमा हेर्दा कुनै मानवीय क्षति नभएको र भौतिक रूपमा घरहरु चर्किएको बताइएको छ।परिवर्तन गाउँपालिका-२ राङ्सीमा दुई घरमा मानिस बस्न मिल्ने नगरी घर पूर्ण रूपमा क्षति भएको छ मोहनसिंह डाँगी र तिल्सरी घर्तीको घर रहेको बताइएको छ।त्यस्तै परिवर्तन गाउँपालिका-१ को वडा कार्यालयको भवन,परिवर्तन गाउँपालिका-३ को केही व्यक्तिको सौचालय भत्किएको छ र परिवर्तन गाउँपालिका-४ को धेरै घरमा चर्किएको छ भने परिवर्तन गाउँपालिका-२,५ र ६ वडामा पनि धेरै घर चर्किएको बताइएको छ।

    स्थानीय विपद व्यवस्थापन समिति तथा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा बसेको बैठकमा परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी,परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम जि.एम,वडा अध्यक्षहरु,परिवर्तन गाउँपालिका-१ का अध्यक्ष मैते बुढामगर,३ का वडा अध्यक्ष खिम विक्रम चन्द,५ का वडा अध्यक्ष दिलबहादुर वली,६ का वडा अध्यक्ष भरत कुमार बुढा मगर,परिवर्तन गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक घर्ती मगर,कार्यपालिकाका सदस्यहरु,थमे सुनार र उत्सिपा विकको सहभागिता रहेको थियो।

    साथै वडा सदस्य जुनु कुमारी बुढा मगर,राजनीतिक दलका नेकपा माओवादी केन्द्र परिवर्तन गाउँपालिका सचीव कर्ण बुढा मगर,नेकपा एमाले परिवर्तन गाउँपालिकाका प्रतिनिधि तिलबहादुर पुन,अस्थायी प्रहरी पोष्ट पुतलाचौरका असाई किरण चौधरी,इलाका प्रहरी कार्यालय ओबाङका जवान विक्रम चन्द,नेपाल रेडक्रस सोसाइटी उपशाखा बागमाराका सभापति प्रवेश प्रसाद बुढा मगर र क्लबका प्रतिनिधि रबिन बुढा मगर लगायतको सहभागिता रहेको थियो।

    बैठकको सञ्चालन परिवर्तन गाउँपालिका विपद व्यवस्थापन शाखा तथा  स्थानीय विपद व्यवस्थापन समितिका सदस्य सचिव विकास विक्रम आलेले गर्नु भएको थियो।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend