Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम शुभारम्भ


२२, कात्तिक २०८०
  • 178
    SHARES
  • स्थानीय तहसँग प्रदेश सभा कार्यक्रम शुभारम्भ

    देउखुरी । स्थानीय तहमा कानुन निर्माण र कार्यान्वयनको अवस्था बारेमा जनप्रतिनिधिहरुसंग छलफल गर्न लुम्विनी प्रदेश सभाले कार्यक्रम शुरुवात गरेको छ ।  आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)बाट लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले कार्यक्रमको शुरुवात गर्नु भयो ।

    लुम्विनी प्रदेश सभा र स्थानीय तहकाबिच कानुन निर्माण तथा कार्यान्वय सम्वन्धी अन्तरक्रियात्मक गोष्ठीको शुभारम्भ गर्नुहुदै सभामुख घर्ती मगरले जनतालाई अवसरको उपयोग र सुविधा प्रदान गर्न संघीयताको अभ्यास गरिएको बताउनु हुदै केन्द्रमा अधिकार केन्द्रीत गरेमा त्यसको अनुभूति हुन नसक्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘नियन्त्रीत संघीयता जनताले खोजेको संघीय शासन प्रणाली होईन, स्वायत्तता सहितको संघीयता चाहिएको छ । स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ ।’ उहाँले स्थानीय तह र प्रदेश सभाको अन्तरसम्वन्धको महत्वलाई बुझाउन प्रदेशकै १२ जिल्लामा कार्यक्रम संचालन गरिने बताउनुभयो ।

    उहाँले राप्ती उपत्यका दाङका ४ पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरु सहभागी कार्यक्रममा भन्नु भयो– स्थानीय तहले कति कानुन बनाउनु भयो, प्रदेश सभाले कस्तो कानुन बनाउँदा स्थानीय तहलाई कार्यसम्पादनमा सहजता हुन्छ र बनेका कानुनहरुको कार्यान्वयनको अवस्था बुझ्न पासलका तहमा जान चाहेका छौ ।

    एक हिसावले कानुन निर्माणमा स्थानीय तह र प्रदेश सभाको सम्वन्ध स्थापित गर्न पनि जरुरी देखियो ।’ सभामुख घर्ती मगरले स्थानीय तहले बनाएका कानुनको बारेमा प्रदेश सभालाई जानकारी दिने कानुनी व्यवस्था भएपनि कुनै पनि पालिकाले कानुनको बारेमा जानकारी नदिएको बताउनुभयो । कार्यक्रममा उपसभामुख मेनुका खांड केसीले स्थानीय तह र प्रदेश सभाको सम्वन्ध स्थापित गर्न यो कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रम सहभागी पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्षहरुले कानुन निर्माणको लागि जनप्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि लगायतको कार्यक्रम संचालन गर्न, कानुन बनाउन अघि स्थानीय तहसँग परामर्श छलफल गर्न, कानुन सम्वन्धी सहजीकरणको लागि कानुन अधिकृतको दरवन्दी श्रृजना गर्न वा कानुनी सल्लाहकारको व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो । उहाँहरुले स्थानीय श्रोत जल,जंगल जमिनमा निर्णयको विषयमा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु पर्ने बताउनुभयो ।

    लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,उपाध्यक्ष लक्ष्मी योगी, राप्ती गापाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी , गढवा गापाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी र राजपुर गाउँ पालिकाका उपाध्यक्ष धनपति देबि यादव लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    गढवा गापा प्रमुख प्रशासकिय अधिकृत अम्मरराज शर्मा ,राप्प्ती गापाका प्रमुख प्रशासकीय अधिकृत नेप बहादुर वलि, राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पान्डेय,लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले पालिकामा भएको कानुन निर्माण र कार्यान्वयनको अवस्था बारेमा प्रकाश पार्नु भयो ।

    अधिकृत अशोक ढुङ्गानाको संचालनमा भएको कार्यक्रममा प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले प्रदेश सभाको काम कर्तव्य र अधिकारको विषयमा चर्चा गर्नुहुदैं कानुन निर्माणको प्रकृयाको बारेमा सहजीकरण गर्नु भएको थियो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतहरुले कामको बोझले गर्दा गाउँ सभामा कानुन निर्माणको प्रकृयामा आवश्यक छलफल गर्न नसकिएको बताउनु भएको थियो ।

    384551126_262267659735321_4226849554187652730_n.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend