Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अधिकारीद्वारा काग तिहारको दिन सन्धिखर्कमा काग सम्मेलन गर्ने


२४, कात्तिक २०८०
  • 789
    SHARES
  • अधिकारीद्वारा काग तिहारको दिन सन्धिखर्कमा काग सम्मेलन गर्ने

    अर्घाखाँची। हिन्दुहरूको दोस्रो महान चाड शुभ दीपावली (तिहार) २०८० कार्तिक २५ गते शनिबार धवन्तरि जयन्ती तथा यमपन्चको पहिलो दिन काग तिहारको अवसर पारेर काग सम्मेलन गरिने भएको छ । 

    विभिन्न पशुपंक्षिको हुबहु आवाज निकाल्ने प्रतिभा भएका युवा प्रतिभा पुरस्कार तथा विभिन्न आइडल टयालेन्ट हन्ट शो बाट समेत सम्मानित भएका भुवनेश्वर अधिकारी २०७३ साल देखि विभिन्न मिडियामा आबद्ध हुनुहुन्छ । उहाँको पहिलो काग सम्मेलन २०७४ साल देखि लगातार २०८० को सातौ काग सम्मेलन हुने बताइएको छ । 

    अहिलेसम्म ७ वर्ष निरन्तर काग सम्मेलनको समन्वयमा सातौ बृहत् काग सम्मेलन २०८० हुने भएको छ । अर्घाखाँचीको सन्धिखर्कमा रहेको  सामुदायिक रेडियो देउराली १०१ मेगाहर्जबाट काग सम्मेलन हुदैँ आएकोमा अहिलेपनि सोहि रेडियोको अन एयरबाटै काग सम्मेलन हुने भएको छ ।

    उहाँले विश्वमै पहिलोपटक रेडियोको अनएयरबाट प्रत्यक्ष काग सम्मेलन गर्नुहुने भएको छ । रेडियोको अनएयरबाट प्रत्यक्ष प्रसारण मार्फत कागको आवाज निकाल्दा  रेडियो स्पिकरबाट आवाज सुनेर कागहरु वरिपरि उड्ने र रेडियोको नजिक कागहरु एकत्रित हुने हास्य कलाकार अधिकारीले बताउनुभयो ।

    काग सम्मेलनको उदेश्य नेपालमा बढदै गएको बेरोजगार,विदेश पलायन हुनु,सरकारको गैरजिम्मेवार नेतृत्व भ्रष्टाचार विरुद्ध र भुकम्पजस्ता प्राकृति विपत्ति नहोस् भन्ने हेतुले काग सम्मेलन गर्ने बताउनुभएको छ, मुख्यत नेपाली क्रीकेट टिमको अहिलेको उचाइ झै सुखि र समृद्धि नेपालको परिकल्पना समेत गरेको बताउनुभयो। यस्तै कार्यक्रम रेडियो देउरालीको समन्वयमा देशभरका सयौं बढि रेडियोबाट प्रशारण हुने बताइएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend