Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जिल्ला सम्मेलनलाई सफल बनाउन पदाधिकारी र सदस्य परिचालन


१, मंसिर २०८०
  • 455
    SHARES
  • जिल्ला सम्मेलनलाई सफल बनाउन  पदाधिकारी र सदस्य परिचालन

    गुल्मी । नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले यहि मंसिर ९ र १० गते संचालन हुने दोस्रो जिल्ला सम्मेलनलाई सफल बनाउन जिल्लाका ९३ वटै वडामा जिल्ला पदाधिकारी र सदस्यलाई परिचालन गरेको छ ।

    नेपाली काँग्रेसका  सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा मंसिर ९ गते तम्घासको चिदिचौरमा उद्घाटन हुने सम्मेलनलाई प्रभावकारी एवं उपलब्धिमुलक बनाउन र हरेक वडाबाट बढी भन्दा बढी प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्ने उदेश्यले जिल्ला समितिले हरेक वडामा जिल्ला प्रतिनिधि खटाएको नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताउनुभयो । 

    दोस्रो ऐतिहासिक जिल्ला सम्मेलनको विशाल सभालाई भव्य रुपमा सफल बनाउन सम्पूर्ण  वडाका टोल कार्यसमिति,वडा कार्यसमिति,पालिका कार्यसमितिका,प्रदेश सभा क्षेत्रीय कार्यसमिति,क्षेत्रीय कार्यसमितिका,क्षेत्रीय प्रतिनिधिहरु,प्रदेश महाधिवेशन प्रतिनिधिहरु,केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु,महासमिति सदस्यहरु,सम्पूर्ण भातृ संघ एवं शुभेच्छुक संघ संस्था लगायत नेपाली काँग्रेसप्रति आस्थावान सम्पुर्ण महानुभावहरुलाई उपस्थितिको लागि सभापति पन्थीले आग्रह गर्नुभयो ।

    सम्मेलनमा जिल्लाको सांगाठानिक एवं आर्थिक अवस्था, पार्टीलाई प्रभावकारी ढंगले संचालनका लागि भावी रणनीति र वडा तथा पालिका सम्मेलनबाट प्राप्त सुझाब  र केन्द्रिय समितिद्वारा आयोजना गर्न लागेको नीति अधिवेशनका लागि जिल्लाबाट सुझाब संकलन  लगायतका विषयमा छलफल  हुने जानकारी सभापति पन्थीले बताउनु भयो ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका साथै वरिष्ठ नेता शेखर कोइराला,महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारी र केन्द्रीय सदस्य चन्द्र केसी,नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन,लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका केन्दीय,प्रदेश र जिल्ला तहका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस जिल्ला सचिव जगदीश भट्टराईले बताउनुभयो ।

    मंसिर ९ र १० गते सम्म संचालन हुने ऐतिहासिक दोस्रो जिल्ला सम्मेलनलाई व्यवस्थित एवं भब्य बनाउनका लागि नेपाली कांगेस जिल्ला समिति गुल्मीले  विभिन्न समितिहरू गठन गरि कार्य गरिरहेको पार्टी सह सचिव एवं प्रचार विभाग प्रमुख छबी पाण्डेले जानकारी दिनुभयो ।

    गुल्मी जिल्लाका सवै वडामा वडा सम्मेलन  र पालिकाको पालिका सम्मेलन समेत सम्मेलन सम्पन्न भइसकेका छन भने प्रदेश क्षेत्रीय र संघीय क्षेत्रीय सम्मेलन हुन  बाकि रहेका छन ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend