Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन्तेश्वर घाटमा लाग्ने मेलाको तयारी पुरा


३, मंसिर २०८०
  • 170
    SHARES
  • सन्तेश्वर घाटमा लाग्ने मेलाको तयारी पुरा

    हरिलाल बस्याल, बुटवल  । रुपन्देहीको गैडहवा गाउँपालिकामा लाग्ने छठ पर्व मेलाको तयारी पूरा भएको छ । जिल्लाको गैडहवा गाउँपालिका–६ सुर्यपुराको दानव नदी किनार स्थित सन्तेश्वर घाटमा लाग्ने मेलाको तयारी पुरा भएको पत्रकार सम्मेलनमार्फत गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले जानकारी दिनुभयो । उहाले दीपावलीको छैठौं दिन कृष्ण पक्षको षष्ठीको दिन छठ पर्व मनाईने परम्परा रहेको बताउनुभयो ।

    उहाँले परिवारको सुःख शान्ति र सन्तान प्राप्तीका लागि पर्व मनाउने परम्परा रहेको उहाँले बताउनुभयो । चार दिनसम्म मनाईने पर्वमा पहिलो दिन घर सफा गरेर नुहाएर शुद्व खाना खाएर व्रत बस्ने चलन रहेको बताउनुभयो । उहाका अनुसार दोश्रो दिन परिवारका सबै सदस्यहरू निर्जल व्रत बस्ने र गुणबाट बनेको खिर खाने चलन रहेको छ ।

    तेस्रो दिन बाँसले बनेको डोकोमा फलफुलसहित छठी मैयाको पूजा सामग्री लिई नदी किनार या तलाउमा अस्ताउँदो सुर्यलाई अर्घ दिने र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिने र काँचो दूध र फलफुलसहितको प्रसाद ग्रहण गरेपछि व्रत सकिने प्रचलन रहेको पौड्यालले बताउनु भयो ।

    मेलाका लागि पुजा समिति बनाएर स्थानीयबाट आर्थिक संकलन गरिएको र कार्यक्रम व्यवस्थित र भव्य बनाउन गाउँपालिकाले समेत आर्थिक सहयोग गरेको बताउनुभयो ।

    दानव नदीको सन्तेश्वर घाटमा लाग्ने जिल्लाकै उत्कृष्ट ठुलो र भव्य मेलाले गैडहवा गाउँपालिकाको धार्मिक पर्यटन पर्वद्धनमा समेत टेवा पुग्ने उहाले बताउनुभयो । 

    ईलाका प्रहरी कार्यालय सूर्यपुराले मेलाका लागि आवश्यक सुरक्षा व्यवस्था गरेको छ । मेलामा हुनसक्ने चोरी, डकैती, लुुटपाट जस्ता घटना हुन नदिन सुरक्षा निकायहरू बीच समन्वय गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सन्तेश्वर घाटमा लाग्ने छठ मेलाको खर्च करिब ७ लाख लाग्ने अनुमान गरिएको दवारीका कुमार हरीजनले जानकारी दिनुभयो ।

    received_6748268478595017.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend