Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्ने : मन्त्री साउद


३, मंसिर २०८०
  • 135
    SHARES
  • दोधारा चादँनी मुलुककै ठूलो आर्थिक नाका बन्ने : मन्त्री साउद

    कञ्चनपुर । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले कञ्चनपुरको दोधारा चादँनी नाका सुदूरपश्चिमको मात्र नभइ मुलुककोे आर्थिक नाकाका रुपमा विकास हुने गरी काम अघि बढेको जानकारी दिनुभएको छ । 

    कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दोधारा चादँनी सुख्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताउनुभयो ।“भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ ।” मन्त्री साउदले भन्नुभयो “कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो ।”

    दोधारा चादँनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमाअघि बढेको जनाउँदै उहाँले बनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल गर्ने बताउनुभयो । “यो मानशखण्ड क्षेत्रको विकासमा योजना बनाएर नेपाल–भारत पर्यटकीय संयन्त्रको विकास गर्ने गरी काम अघि बढेको छ ।” उहाँले भन्नुभयो “भारतको पूर्णागिरी र डडेल्धुराको परशुरामधाम क्षेत्र जोड्न महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय पक्षसित निरन्तर समन्वय भइरहेको छ ।” 
     
    कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व पदाधिकारी, व्यापारी तथा व्यवसायीले सीमा समस्या, यहाँको पर्यटकीय तथा उद्योगिक क्षेत्रको विकास, व्यापारी तथा व्यसायीका पिरमर्का लगायतका विषयमा धारणा राखेका थिए ।

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • दसैँ–तिहारअघि झापामा बजार अनुगमन तीव्र, कालोबजारी रोक्न सहुलियतमा खाद्यान्न बिक्री

    झापा । दसैँ, तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा खाद्यान्नको कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी

  • पूर्वराष्ट्रपति भण्डारी रुपन्देहीमा, आज अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन गर्ने

    बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देही आइपुगेकी छन्। मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा आयोजना गरेको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend