Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महासचिव विप्लवलाई रोल्पाको सुलिचौरमा भव्य स्वागत


७, मंसिर २०८०
  • 146
    SHARES
  • महासचिव विप्लवलाई रोल्पाको सुलिचौरमा भव्य स्वागत

    रोल्पा।नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीलाई रोल्पाको सुलिचौरमा भव्य स्वागत गरिएको छ।शुक्रबार रोल्पाको थवाङमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको १०औं पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न रोल्पा जाने क्रममा सुलिचौर पुगेका विप्लवलाई पार्टी र स्थानीयले भव्य स्वागत गरेका हुन।

    जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङ जाने क्रममा सुलिचौर पुगेका विप्लवले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमसीसी विरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ।मुलुक राजनीति,आर्थिक,सामाजिक लगायत सबै क्षेत्रबाट अफ्ट्यारोमा परेको भन्दै नयाँ ढंगबाट समाधान खोज्नु पर्ने बताउनुभएको छ ।

    महासचिव विप्लवले वैदेशिक हस्तक्षेप बढेको बताउदै लोकप्रियताको नाममा भ्लोदिमिर जेलेन्स्की जन्माउने कोशिस गरिरहेको बताउदै त्यो प्रति सचेत हुन जरुरी रहेको बताउनुभएको थियो।माओवादी एकता तर्फ संकेत गर्दै महासचिव विप्लवले मन्त्री र सांसदका लागि मात्रै माओवादी एकता नभई देश एवम् जनतालाई केन्द्रमा राखेर नयाँ ढंगले एकता हुने संकेत उहाँले राख्नुभयो।

    मङ्सिर ८ गते रोल्पाको थवाङमा नेपाल कम्युनिष्ट पार्टीको १०औं पूनर्गठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव,स्थायी समिति सदस्य विषम सी, अनिल सी लगायतका नेताहरू थवाङ जादै हुनुहुन्छ।

    received_658834566404735.jpeg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend