Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीको विकास वजेट खर्च निराशाजनकः ४ महिनामा ७ प्रतिशत पनि खर्च भएन


१०, मंसिर २०८०
  • 308
    SHARES
  • लुम्बिनीको विकास वजेट खर्च निराशाजनकः ४ महिनामा ७ प्रतिशत पनि खर्च भएन

    लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको ४ महिनामा विकास बजेट ७ प्रतिशत पनि खर्च गर्न सकेको छैन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म ६.५९ प्रतिशत विकास बजेट खर्च गरेको हो । लेखा नियन्त्रकको कार्यालयका अनुसार प्रदेश सरकारले सोही अवधीमा १४.३१ प्रतिशत चालु बजेट खर्च गरेको छ ।

    बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्षको ४ महिनामा विकास बजेट ७ प्रतिशत पनि खर्च गर्न सकेको छैन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म ६.५९ प्रतिशत विकास बजेट खर्च गरेको हो । लेखा नियन्त्रकको कार्यालयका अनुसार प्रदेश सरकारले सोही अवधीमा १४.३१ प्रतिशत चालु बजेट खर्च गरेको छ ।

    लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि पुँजीगत खर्च २३ अर्ब २५ करोड ६९ लाख १ हजार र चालु खर्च १७ अर्ब २२ करोड २७ लाख ९९ हजार गरी कुल ४० अर्ब ४७ करोड ९७ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये चालु र पुँजीगत गरी ३ अर्ब ९९ करोड ७ लाख ५१ हजार २५७ अर्थात ९.८७ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    जवकी लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना असारको ७ गतेदेखि २४ गतेसम्म मात्रै ७ अर्ब ३५ करोड ४६ लाख बजेट खर्च भएको गरेको थियो भने असार २० गतेदेखि २० गतेसम्म ४ दिनमा ४ दिनमा मात्रै ४ अर्ब ७२ करोड ४० लाख बजेट खर्च गरेको थियो ।

    बजेट तर्जुमा गर्ने बेलामा जनताको आवश्यकताको पहिचान नगरी हचुवाको भरमा परियोजनाहरु छनोट गर्ने र असारे विकासको परम्परा कायमै हुदाँ आर्थिक वर्षको सुरुको महिनामा विकास खर्च कम हुने गरेको अर्थ विश्लेष्क मनिकर कार्की बताउँछन् । यस्तै प्राध्यापक नुरजंग केसीले अहिले निर्वाचनका कारणले पनि बजेट कम खर्च भएको हुन सक्ने नभए पनि नीतिगत रुपमा नै समस्या रहेको हुनाले अपेक्षा गरे जति बजेट खर्च नभएको बताउँछन्।

    समयमा नै ठेक्का पट्टा नहुने, कार्यालयहरुले पनि बजेट आउने बित्तिकै ठेक्का पट्टाका लागि सम्झौता नगर्ने र अन्तिम समयमा मात्रै ठेक्काको लागि सम्झौता हुने गर्दा सुरुमा विकास बजेट खर्च हुन सकेको लेखा नियन्त्रक दिपक ज्ञवाली बताउँछन् ।

    कुन मन्त्रालयले कति गरे खर्च ?
    आर्थिक वर्षको ४ महिना वित्तिसक्दा कुनै पनि मन्त्रालयको खर्च प्रगति सन्तोषजनक छैन् । यो अवधीमा सबैभन्दा धेरै गृहमन्त्रालयले बजेट खर्च गरेको छ भने सबै भन्दा कम भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको छ । गृहमन्त्रालयले कुल विनियोजित बजेट मध्य २९.३८ र भौतिक पूर्वाधकार विकास मन्त्रालयले ५.३१ प्रतिशत बजेट खर्च गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु र विकास खर्च गरी ४ महिनामा चालु र पुँजी गरी ४.२९ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपक ज्ञवालीले बताए । त्यस्तै अर्थ मन्त्रालयले चालू तथा पूँजीगत गरी ११.८० प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १०.४० प्रतिशत, कृषि, तथा भूमि व्यवस्था मन्त्रालयले ११.१३ प्रतिशत बजेट खर्च गरेका छन् ।

    साथै वन तथा वातावरण मन्त्रालयले १३.३६ प्रतिशत, खानेपानि, ग्रामिण तथा सहरी विकास मन्त्रालयले १२.३६ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८.५० प्रतिशत, स्वास्थ्य मन्त्रालयले १२.५६ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । प्रदेशसभाले १७.१३ प्रतिशत र प्रदेश लोकसेवा आयोगले १३.०१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend