Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु,


११, मंसिर २०८०
  • 253
    SHARES
  • बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु,

    गुल्मी। गुल्मीको रेसुङ्गा नगरपालिका -४ अर्खलेमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

    जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि तम्घासतर्फ आउदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको लु ८७ प ९८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा रेसुङ्गा नगरपालिका -४ सेउघा निवासी अन्दाजी १९ बर्षका विवेक झाक्री मगरको मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय गुल्मीले दिएको छ।

    सदरमुकाम स्थित महेन्द्र माध्यमिक विधालयमा कक्षा १२ मा अध्ययनरत झाक्री बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका थिए ।

    दुर्घटनामा परि घाइते मोटरसाइकल चालक झाँक्री मगरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभयो ।

    बसको ठक्करबाट घाइते झाँक्री मगरको गुल्मी अस्पतालमा उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रधानले जानकारी दिनुभएको छ ।

    मृतक झाँक्री मगरको शवलाई पोष्टमार्टम गरि परिवारलाई जिम्मा लगाउने तयारी भैरहेको छ भने मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend