Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संरक्षण अभावमा पुरिँदै जाखोर ताल


१४, मंसिर २०८०
  • 295
    SHARES
  • संरक्षण अभावमा पुरिँदै जाखोर ताल

    कैलाली । धनगढी उपमहानगरपालिका–७ देवरिया उद्यानभित्र रहेको जाखोर ताल संरक्षणको अभावमा पुरिँदै गएको छ । नगरभित्रै रहेको महत्त्वर्पूण पर्यटकीय तालको संरक्षण र संवर्द्धनमा हुन नसक्दा ताल क्षेत्र बर्सेनि पुरिँदै गएको हो । सो उद्यान जैविक विविधताले भरिएको पर्यटकीय क्षेत्र हो । 

    वनस्पतिको विविधताका दृष्टिले समेत अति महत्त्वपूर्ण मानिने जाखोर ताल झण्डै एक सय ४९ दशमलव पाँच हेक्टर क्षेत्रमा फैलिएको सो स्थानमा चार थरिका रैथाने कमल, एक सय ५० थरिका जलीय वनस्पतिका प्रजाति पाइन्छ ।
     
    प्राकृतिक सुन्दरताले भरिपूर्ण जाखोर तालको संरक्षणमा ध्यान नगए पनि घुमघाम गर्न जाने र रमणीय दृश्यावलोकन गर्ने वातावरण बन्दै गएको स्थानीय दीर्घ जोशीले बताउनुभयो ।

    जाखोर ताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके त्यसबाट आर्थिक लाभ पनि गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँको भनाइ छ । जाखोर ताल क्षेत्रमा देवहरिया वनस्पति उद्यानको नाममा वनस्पति कार्यालय कैलालीले बर्सेनि लाखौँ रकम खर्च गर्दै आएको छ । 

    कार्यालयले सो क्षेत्रको जडीबुटी सङ्कलन गरी आम्दानी गर्दै आएको छ । वनस्पति उद्यान केन्द्र धनगढी कैलालीका प्रमुख गङ्गादत्त भट्टले तालमा जलकुम्भी हटाइएको बताउनुभयो । वनस्पति उद्यान परिसरमा रहेको बगैँचाको घाँस सफा गर्ने, बिरुवामा मल हाल्ने काम अघि बढाएको जनाउँदै कार्यालय प्रमुख भट्टले तालमा रहेको जलकुम्भी हटाएर जैिवक विविधता कायम राखेको उहाँले बताउनुभयो ।
     
    वि.सं २०५६ मा मन्त्रिपरिषद्को निर्णयबाट वनस्पति विभागलाई हस्तान्तरण गरेको देवहरियामा दैनिक पाँच सय स्थानीय पर्यटक आउने गरेको प्रमुख भट्टले बताउनुभयो । उहाँले नेपालमा तीन प्रजातिका रैथाने जङ्गली धानमध्ये सो ताल क्षेत्रमा दुई प्रजातिका जङ्गली धान पाइने गरेको बताउँदै पर्यावरणीय हिसाबका दृष्टिले उपयुक्त ठाउँ भएका कारण चराको बासस्थान पनि रहेको जानकारी दिनुभयो ।

    “अध्ययन, अनुसन्धान पर्यटन मनोरञ्जन गर्ने थलोका रूपमा विकास हुन थालेको छ”, उहाँले भन्नुभयो, “म्युजियम र हरबेरियमको स्थापना गर्न सके विद्यार्थीका लागी राम्रो र सुदूरपश्चिमका सम्पूर्ण वनस्पतिको पहिचान गर्न सकिने बताउनुभयो । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend