Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पेट सम्बन्धि उपचार गर्ने ग्यास्ट्रो अब बुटवलमा, शुभारम्भमा विशेष छुट


१५, मंसिर २०८०
  • 298
    SHARES
  • पेट सम्बन्धि उपचार गर्ने ग्यास्ट्रो अब बुटवलमा, शुभारम्भमा विशेष छुट

    बुटवल । पेट सम्बन्धी सम्पूर्ण उपचार सेवा सहित बुटवलमा ग्यास्ट्रो सेन्टर प्रालि सञ्चालनमा आएको छ ।

    लुम्बिनी प्रदेश पेट कलेजो तथा आन्द्रा रोग सम्बन्धी सम्पूर्ण बिरामीहरू उपचारको लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य सहित विशेषज्ञ टिमले बुटवल उपमहानगरपालिका वडा नम्बर–६ मा हस्पिटल लाइन फाइब्रोस्क्यान सेवा सहित ग्यास्ट्रो सेन्टर प्रालि बुटवल सञ्चालनमा ल्याएका हुन् ।

    प्रालिका सञ्चालक तथा वरिष्ठ पेट आन्द्रा कलेजो तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसालले काठमाडौं बाहिर लुम्बिनी प्रदेशमा प्रालिमा पेट सम्बन्धी समस्याको उपचार हुने बताए ।

    भुसाललको काठमाडौं टिचिङ अस्पतालमा लामो समय पेट रोग सम्बन्धी काम गरेको कार्यअनुभव छ । ३ करोड रूपैयाँको लागतमा सञ्चालित प्रालिमा डिजिटल प्रविधिबाट विरामीको चेकजाँच गरिने प्रालिका सञ्चालक तथा डा. रामप्रसाद अर्यालले जानकारी दिए ।

    ‘फाइब्रोस्क्यान सेवा यस्तो सेवा हो, जसले कलेजको कडापन मापन गर्दछ । लिभर, फ्राबोसिस, सिरोसिस को निदानमा सहयोग गर्छ ।

    हेपटाइटिस, अल्कोहल लिभर, लिभर इन्जाइम भएका बिरामीको अवस्था बारे जानकारी दिन्छ । त्यस्तै लिभर बायस्पी विना लिभर डयाम्मेज भए नभएको पत्ता लगाउछ’ डा. भुसालले भने । प्रालिमा इण्डोस्कोपी, क्यानोस्कोपी लगायतका सेवा सहित भिडियो एक्सरे सेवा पनि उपलब्ध छ ।

    प्रालिमा प्राइभेट क्लिनिक तथा अस्पतालको तुलनामा शुल्क सस्तो राखिएको छ । साथै जेष्ठ नागरिक अशक्त अपाङ स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्यकर्मी, तथा स्वमसेविकालाई पनि केही प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

    प्रालिको सञ्चालकमा डा. मोहन भुसाल, डा. रामप्रसाद अर्याल, युवराज मगर र नेत्र भुसाल छन् । प्रालिको औपचारिक उद्घाटन शनिबार हुँदैछ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend