Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल नियमित उडान नभएपछि भैरहवामा दबाब र्‍याली


२२, मंसिर २०८०
  • 198
    SHARES
  • गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल नियमित उडान नभएपछि भैरहवामा दबाब र्‍याली

    बुटवल । भैरहवा स्थित अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान नराखिएको विरोधमा भैरहवामा दबाब र्‍याली आयोजना गरिएको छ। नियमित उडान नभएपछि सिद्धार्थ सञ्जालले आयोजना गरेकामे विरोध प्रदर्शनमा गृहमन्त्री सन्तोष पाण्डेय सहभागी भएका हुन् ।

    सञ्जालको आयोजनामा रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलन अन्तर्गत आज विरोध प्रदर्शन गरिएको हो । विमानस्थल नियमित रूपमा सञ्चालन गर्न माग गर्दै संघीय राजधानीका बिभिन्न निकायमा ज्ञापन पत्र बुझाएर फर्केको सिद्धार्थ सञ्जाल, रुपन्देहीले आज भैरहवा प्रदर्शन गरेको हो ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न सङ्घ–संस्थाहरूको सहभागिता रहेको थियो।भैरहवाको देवकोटा चोकबाट सुरु भएको र्‍याली बैंकरोड, नारायणपथ, बर्मेली टोल हुँदै बुद्ध चोकमा पुगेर समापन भएको थियो। र्यालीमा सहभागीहरूले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए ।

    विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण जनदबाब र्याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले जानकारी दिए ।

    र्‍यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी,सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरू, उद्योगी, व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगर बासीहरूको उपस्थिति रहेको थियो ।

    प्रदर्शनपछि बुद्ध चोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री पाण्डेयले आफूले सरकार छाडेर भए पनि आन्दोलनमा साथ दिने प्रतिबद्धता जनाए । उनले विमानस्थल सञ्चालन गर्नको लागि आफ्नो आन्दोलनमा निरन्तर साथ रहने बताए ।

    सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा पुगेको बताए । संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यो आन्दोलनलाई सरकारले सानोतिनो नठान्न चेतावनी दिए।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend