Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आत्मनिर्भरता र समृद्धिको यात्रा सहकारीबाट गर्न सकिन्छ : नगर प्रमुख श्रेष्ठ


२३, मंसिर २०८०
  • 268
    SHARES
  • आत्मनिर्भरता र समृद्धिको यात्रा सहकारीबाट गर्न सकिन्छ : नगर प्रमुख श्रेष्ठ

    अनिल नेपाली, अर्घाखाँची । सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले स्थानीय सरकारले सहकारीको प्रबद्र्धन गरी आत्मनिर्भरताको बलियो आधार बनाउनको लागि छरिएर रहेका सहकारीलाई एकीकृत गरी गोलबन्द्ध गर्ने बताउनुभएको छ । सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीकोटमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९ औ बार्षिक साधारणसभाको आज उद्घाटन गदै नगर प्रमुख श्रेष्ठले यस्तो बताउनुभएको हो ।

    नगर प्रमुख श्रेष्ठले सहकारीले ऋणीलाई आबश्यकता अनुसार लगानी गरी व्यक्तिलाई स्वरोजगार बनाई दैनिक जीवनमा जीविकोपार्जनको समेत सघाउ पुर्याउने गरी आत्मनिर्भरता काम सहकारीबाट गर्न सकिने हुदा सहकारीबाट ऋण लगेका ऋणीको अनुगमन गरी उत्पादन सग जोडि आर्यआर्जन समृद्धिको यात्रा तय गर्न सकिने भएकोले सहकारीमा गोलबन्द्ध हुन आग्रह गदै सन्धिखर्क नगरपालिकाले दिसाहिन लक्ष्यहिन सहकारीको पहिचान गरी गुणतात्मकमा भन्दा मात्रात्मकमा जोड दिने काम गरेको बताउदै सहकारीको लक्ष्य र उद्देश्य अनुसार काम गर्न आग्रह समेत गर्नुभएको थियो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कडेल सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसी २ का अध्यक्ष मोतिजङ्ग रायमाझी सिटिजन लाईफ ईन्सोरेस कम्पनि लिमिटेडका प्रमुख नारायण जिसी कृषि विकास बैकका शाखा प्रमुख दुर्गा खनाल लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै सहकारी उत्पादनमुलक क्षेत्रमा लागि परिमाणमा आउने गरी काम गर्नुपर्ने बताए ।

    कार्यक्रममा उत्कृष्ट कृषि तथा पशुजन्य कार्य गर्ने बाबुराम केसी , निर्मला भट्टाराई , मिरा शाह ,हुमकला पुरी,लिला खत्री फुर्सि नेपाली,सविना मल्ल,पबित्रा मरासिनी आचार्य,शान्ता नेपाली, शान्ता ज्ञवाली, राधिका आचार्य,विराज मुखियालाई सम्मान गरिएको थियो भने ज्येष्ठ शेयर सदस्य लगायत विभिन्न विधामा सहकारीमा आबद्ध लाई सम्मान गरिएको थियो विगत लामो समयदेखि स्थापना भएको सहकारीले शेयर सदस्यको हितमा विभिन्न काम समेत गदै आफुलाई अब्बल सावित गदै आएको छ ।

    कार्यक्रम सहकारी अध्यक्ष चन्द्राबती पोख्रेलको अध्यक्षता प्रबन्धक बिष्णु मरासिनीको सञ्चालन उपाध्यक्ष पद्यलोचन आचार्यको स्वागत मन्तब्यमामा सम्पन्न कार्यक्रममा सस्थाको बार्षिक प्रगति प्रतिबेदन सस्थाकी अध्यक्ष चन्द्राबती पोख्रेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा समाजसेबी बुद्धिजिवी शेयर सदस्य सञ्चारकर्मी लगायतको उल्लेखनीय सहभागीता रहेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend