Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा भट्टराई


२८, मंसिर २०८०
  • 142
    SHARES
  • भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन, अध्यक्षमा भट्टराई

    बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा क्रियाशील भलवारी जेसीजको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको  बुधबार सम्पन्न एक्काइसौं अधिवेशनबाट चन्द्रप्रसाद भट्टराई (जीवन) को नेतृत्वमा वर्ष २०२४ का लागि नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष भट्टराई रियलस्टेट र नर्सरी व्यवसाय तथा मोडलिङ् पेशामा आवद्ध छन् । 

    नवनिर्वाचित समितिका कार्यकारिणी उपाध्यक्षमा अरूण पन्थी र प्रेमनारायण पंगेनी (अमित), उपाध्यक्षमा राजन सुवेदी, भुवन अधिकारी, लक्ष्मण ढुंगाना र शंकर आचार्य चयन भएका छन् ।

    त्यस्तै, नयाँ समितिका सह–सचिवमा सागर भुसाल र सह–कोषाध्यक्षमा नितिश पाण्डे विजयी हुनुभएको प्रमुख निर्वाचन आयुक्त किशोर पंगेनीले जानकारी दिए ।

    निर्वाचन सम्पन्न भएलगत्तै वर्ष २०२३ र वर्ष २०२४ को संयुक्त बोर्ड बैठकले आगामी पौषको तेश्रो साता पदहस्तान्तरणको कार्यक्रम गर्ने वर्ष २०२३ का अध्यक्ष माधवप्रसाद पाण्डेयले जानकारी दिए।

    पदाधिकारी निर्वाचनअघि निर्वाचन आयुक्त एवम् शाखाका पूर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले उम्मेदवारी प्रशिक्षण दिए भने पूर्व अध्यक्ष मनोज आचार्यको प्रमुख आतिथ्यमा शाखाको २२ औं साधारण सभा सम्पन्न भएको थियो ।.

    साधारण सभाले महासचिव जीवन भट्टराई र कोषाध्यक्ष मीनप्रसाद तिवारीको प्रतिवेदन सर्वसम्मत पारित गरेको उपाध्यक्ष रूपेश पाण्डेले जानकारी दिए।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend