Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने


३, पुस २०८०
  • 175
    SHARES
  • गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने

    दाङ। गढवा गाउँपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम पौष ५ गते हुने भएको छ।पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले जानकारी दिनु भएको छ ।

    शर्माका अनुसार सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह, भइरहेका काम र गाउँपालिकासँग सम्बन्धित विविध विषयमा छलफल हुनेछ।

    गाउँपालिकाका निवर्तमान जनप्रतिनिधि, गाउँपालिका क्षेत्रभित्र क्रियाशिल सम्पूर्ण राजनैतिक दल,, सरकारी तथा गैरसरकारी संघ संस्था, ईलाका प्रहरी कार्यालय गढवा, क्याम्पस तथा विध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी, बैंक तथा वित्तीय संस्था, वन तथा वातावरण संरक्षण समन्वय समिति, चुरे संरक्षण विकास समिति, सामुदायिक वन, बडका पथ सिचाई आयोजना, टोल विकास संस्था, उपभोक्ता समितिकाका पदाधिकारी, नागरिक समाज लगायत सम्पूर्णका प्रमुख तथा प्रतिनिधि , समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी/पत्रकार, सेवाग्राही साथै गढवाबासीलाई उपस्थितिको लागि अनुरोध गरिएको छ।

    कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने गढवा गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend