Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गाई काट्ने तीन जना एक क्विन्टल मासु सहित पक्राउ


८, पुस २०८०
  • 228
    SHARES
  • गाई काट्ने तीन जना एक क्विन्टल मासु सहित पक्राउ

    बुटवल । राष्ट्रिय जनावर गाइ काट्ने ३ जनालाइ एक क्विन्टल मासु सहित प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको वाणगङ्गामा गाई काटेर मासु भाग लगाउदै गर्दा ३ जना पक्राउ परेका छन् । 

    विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरूको पक्राउ गरेको हो । 

    बाणगङ्गा वडा न.१० पटना भाबपुर बस्ने वर्ष २० को सुरज बिकको घरमा गाईको मासु काटेर भाग लगाउदै गर्दा उनीहरू पक्राउ परेका हुन् । 

    पक्राउ पर्नेमा बुद्धभूमि १० हरिहरपुर बस्ने वर्ष ५५ को बर्साती थारू, रूपन्देही कञ्चन गाउपालिका वडा नं ५ भैसियाई बस्ने वर्ष ३० को श्रीधर टमटा र बाणगङ्गा १० भाबपुर बस्ने वर्ष २० को सुरज बिक रहेको प्रहरीले जनाएको छ ।

    उनीहरूको सँगै अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

    विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूको पक्राउ गरेको हो ।उनीहरूको सँगै अन्दाजी १ क्विन्टल गाईको मासु बरामद गरिएको प्रहरीले जनाएको छ ।उनीहरूलाई जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend