Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

वडा कार्यालयबाटै राजस्व सङ्कलन


१४, पुस २०८०
  • 194
    SHARES
  • वडा कार्यालयबाटै राजस्व सङ्कलन

    पाल्पा । स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपथ्र्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ ।

    रामपुर नगरपालिका कार्यालयको आडैमा मालपोत कार्यालय छ । नगरका टाढा रहेका वडा नं १, २, ९ र १० का स्थानीयले मालपोत कर बुझाउन एक दिनको समय खर्चेर कार्यालयमा धाउनुपर्ने समस्या रहेकामा अहिले प्रत्येक वडा कार्यालयबाट राजस्व लिने व्यवस्था गरिएको छ ।

    नगरपालिकाको केन्द्रबाट नजिक भनिएका वडा नं ३, ४ र ८ को माथिल्लो भेगमा बसोबास गर्नेले धेरै समय बिताएर राजस्व बुझाउनुपर्ने समस्या थियो । वडा कार्यालयबाट छिटोछरितो सेवा पाउँदा आवतजावत तथा आर्थिक समस्या नरहेको रामपुर–९ बरभञ्ज्याङका राजन सुनार बताउनुहुन्छ ।

    “सेवाग्राहीले भनेको समयमा वडाबाटै सेवा पाएका छन्, रामपुर नगरपालिकाले वडाबाटै सुरु गरेको मालपोतको राजस्व सङ्कलन कार्य नगरवासीमाझ प्रभावकारी बनेको छ”, उहाँले भन्नुभयो ।

    टाढाटाढाबाट मालपोत कार्यालयमा राजस्व बुझाउन आउने झन्झटलाई मध्यनजर गर्दै नगरभित्रका सबै वडा कार्यालयबाट राजस्व लिन थालिएको हो । वडावडामा सफ्टवयर जडान गरेर कम्प्युटरबाट राजस्व सङ्कलन कार्य भइरहेको रामपुर–८ का वडासचिव महेश भट्टराईले बताउनुभयो ।

    “घटनादर्ता, सामाजिक सुरक्षा तथा अन्य सिफारिससम्बन्धी काम वडा सचिवबाटै गर्नुपर्ने हँुदा वडामा जनशक्ति अभावका बीच पनि राजस्व लिइरहेका छौँ”, उहाँले भन्नुभयो, “मालपोतको राजस्व लिन सुरु गरेपछि वडा कार्यालयमा सेवाग्राहीको चाप बढेको छ ।” सबै वडामा कम्प्युटर अपरेटर छैनन्, सहायक अपरेटर, वडासचिव तथा कार्यालय सहायक कर्मचारीबाट काम हुने गरेको छ । 

    जनशक्ति अभावका बाबजुत पनि नागरिकलाई स्थानीय गत मङ्सिरदेखि नगरपालिकाभित्र रहेका दशवटै वडा कार्यालयमा कार्यरत कर्मचारीलाई अनलाइन सफ्टवयर प्रविधिसम्बन्धी दुईदिने तालिम दिएर वडाबाटै राजस्व सङ्कलन सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।

    वडाबाट हुने विभिन्न सिफारिस र घटनादर्ताको मात्रै राजस्व सङ्कलन गरिरहेको वडा कार्यालयले अहिले मालपोतको राजस्व पनि सङ्कलन गर्न थालेपछि सेवा प्रभावकारी बनेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार नगरवासीलाई सहज सेवा दिन मालपोत भूमिकर वडाबाटै लिने व्यवस्था गरिएको हो ।

    मालपोत कार्यालयमा एक दिनको समय बिताएर घरजग्गाको राजस्व बुझाउन जानुपर्ने समस्या स्थानीयले भोग्दै आइरहेकामा वडाबाटै सेवा प्रवाह सुरु गरेपछि धेरै सजिलो भएको रामपुर–९ का वडाध्यक्ष डिलबहादुर राना बताउनुहुन्छ । नगरपालिकाको केन्द्र तथा मालपोत कार्यालय देखि टाढा रहेको रामपुर–९ का स्थानीयले मालपोतको राजस्व शुल्क बुझाउन एक दिनको समय खर्चनुपर्नेछ ।

    मालपोत कार्यालय बेझाड बजारसम्म आवतजावतका लागि यातायात खर्च, एक दिनको समय बिताउनुपर्दा स्थानीयले निकै सास्ती झेल्दै आएका थिए । दिनभरको समय बिताएर राजस्व बुझाउदै आएका स्थानीय वडा कार्यालयमा छिटो छरितो सेवा पाउँदा दङ्ग छन् ।

    सूचना प्रविधिलाई व्यवस्थित गर्दै कर्मचारीको सिकाइमा दक्षता वृद्धि गरी सहजरुपमा सेवा दिन वडा कार्यालयबाट मालपोतको राजस्व सङ्कलन गर्ने व्यवस्था गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । नगरवासीलाई स्थानीय सरकारको प्रत्याभूति दिन नगरपालिकाले सेवा प्रवाहलाई सहज बनाउँदै गएको छ ।

    नगरपालिकाको कार्यालय, मालपोत कार्यालयबाट दिइने सेवा वडा कार्यालयबाट दिने व्यवस्था गरेको छ । साथै ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै सामाजिक सुरक्षा भत्ता बैंकको पहुँचदेखि टाढा रहेका वडाबाट वितरण गर्न थालिएको छ । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend