Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ब्लड क्यान्सरले थलिएका नवराज भन्छन् आर्थिक अभावले उपचार नपाएरै मर्छु होला


१६, पुस २०८०
  • 248
    SHARES
  • ब्लड क्यान्सरले थलिएका नवराज भन्छन् आर्थिक अभावले उपचार नपाएरै मर्छु होला

    काठमाडौँ । यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन/मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए।

    उनी उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना भए। उपचारकै क्रममा आफूसँग भएको सबै रकम सकियो। पढलेख समेत नगरेका नवराज गाउँमा सामान्य खेतीपाती गर्दै आएका थिए। कहिलेकाहीँ उनी रोजगारीका लागि भारत पनि जान्थे।

    तर, ब्लड क्यान्सर भएपछि उनको परिवारको आर्थिक उपार्जनको सबै बाटो बन्द भएको छ। श्रीमती गीता चिन्तामा छिन्। श्रीमान‍्को क्यान्सरको उपचारसँगै पाँच वर्ष नकटेका दुई सन्तानलाई स्कुलसमेत कसरी पठाउने भन्ने चिन्ताले गीतालाई पिरोल्न थालेको छ।

    ‘श्रीमान‍्को उपचारमा सबै पैसा सकियो। तर, पुरा उपचार हुन सकेको छैन। माग्ने ठाउँमा पनि मागी सक्यौँ। अब त माग्ने ठाउँ पनि बचेन। भगवानलाई पुकार्नुबाहेक अब हामीसँग कुनै विकल्प छैन। त्यसैले सकेको सहयोग गरेर मेरो सिन्दूरको रक्षा गरिदिन म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा आग्रह गर्दछु,’ उनी गह भर्दै भन्छिन्।

    उपचारका लागि पैसा सकिएपछि नवराज घर फर्किएका छन्। उनी यतिबेला गाउँमा सरसापट मागिरहेका छन्। तर, सक्ने जति सबैले सहयोग गरिसकेकाले अब उनको माग्ने ठाउँ पनि छैन।

    ‘म त आर्थिक अभावमा उपचार नपाएरै मर्छु कि लाग्न थालेको छ। श्रीमती र साना लालाबालाको अनुहारमात्र मनमा घुमिरहेको हुन्छ। मलाई केही भइहाल्यो भने उनीहरू कसरी बाच्लान्रु कसरी जीवन चलाउलान् भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ,’ उनले भने।

    उनी आफ्नो जीवन बचाइदिन आग्रह गर्छन्। त्यसका लागि अछामको ढकारीस्थित सिटिजन बैंकको आफ्नो नवराज बुढा नामक 0790100000121010 मा रकम जम्मा गरिदिन आग्रह गर्दछन्। उनले त्यसरी प्राप्त सहयोगले आफ्नो जीवन बाच्ने र सहयोगीहरूप्रति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्ने बताएका छन्। उनलाई 9845967186 मा सम्पर्क गरेरसमेत सहयोग गर्न सकिने छ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend