कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अवैध रुपमा लुकाएर ल्याएको काठ बरामद गरेको छ । प्रहरीले चेकजाँचका क्रममा अवैध रुपमा लुकाएर ल्याएको काठ बरामद गरेको हो ।
कपिलवस्तुको बिजयनगर गाउँपालिका–१ सिमरी चापा स्थित गुगौली (चिरै खोला जाने बाटोमा) गस्तीमा खटिएको प्रहरी टोलीले सोही सडकमा रोकी राखेको टिप्परलाई चेकजाँच गर्दा टिप्परमा लोड गरी राखेको साल जातको काठ २१ गोलिया १८० क्युफिट ६ लाख तीस हजार बराबरको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उक्त काठ बरामद गरी कारबाहीको लागी सब डिभिजन वन कार्यालय ठाकुरापुर कपिलवस्तु पठाईएको प्रहरीले जनाएको छ ।