देउखुरी । लुम्बिनी प्रदेशको राजधानी देउखुरी, दाङ्गमा आज भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राइको अध्यक्षतामा कार्यक्रम शुरु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको आयोजनामा सन्चालित उक्त कार्यक्रममा प्रमुख अतिथ्यतामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री दिल्ली बहादुर चौधरी रहनुभएको छ ।

