दाङ । मुलुक ठिक ढंगबाट नचलेको नेपाली काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले वताएका छन् । नेपाली काँग्रेस जिल्ला नेतृत्व र स्थानीय जनप्रतिनिधिका लागि आयोजित अभिमुखिकरण कार्यक्रम दाङको लमहीमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले पार्टीका नेतृत्वकर्ताहरुलाई इंगित गर्दै आफ्ना नेता, कार्यक्रमहरुलाई कमजोर बनाएर लडाइँ लड्न नसक्ने जनाउँदै पार्टीको नीति र सिद्धान्त बाहिर गएर पार्टी नचलाउन सुझाब दिए । पछिल्लो समय पार्टी गुटबन्दीले धरासय बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै दाङ क्षेत्र न- १ का प्रभावशाली एवं जनताका प्रिय मानिने युवा नेता चौधरीले काँग्रेसका महामन्त्री गगन थापालाई पार्टीलाई रफ्तारमा चलाउने योजनाका साथ अगाडि बढ्न आग्रह गर्दै आफुहरुले साथ दिने प्रतिबद्धता समेत गरे ।
नेता चौधरीले भने, देशको आर्थिक अवस्था हेर्ने हो भने निकै दयनीय अवस्थामा पुगेकोमा सरकारले त्यसतर्फ समयमै ध्यान नदिने हो भने जनताको अवस्था निकै गम्भीर तर्फ उन्मुख हुने जिकिर गरे ।