Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सैनामैनामा निशुल्क आँखा शिविर, ४२१ ले सेवा लिए


२८, पुस २०८०
  • 231
    SHARES
  • सैनामैनामा निशुल्क आँखा शिविर, ४२१ ले सेवा लिए

    सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ७ बयरकट्टी(रामनगर) मा निशुल्क आँखा शिविर र मधुमेह परिक्षण गरिएको छ।

    लायन्स क्लब अफ सैनामैना स्टारको आयोजनामा भएको कार्यक्रममा ४ सय २१ जनाले सेवा लिएको अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिए।

    १४५ औ मेल्भिन जोनेस डे को अवसरमा शिविर सञ्चालन गरिएको अध्यक्ष पोख्रेलले बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सैनामैना ७ का कार्यवाहक वडा अध्यक्ष बालकृष्ण पौडेलले क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको कार्यक्रमको प्रशंसा गर्दै वडा कार्यालयबाट सहयोग हुने प्रतिबद्धता ब्यक्त गरे।

    बुटवल लायन्स आखा अस्पतालको सालझण्डी शाखाका प्राविधिकहरुले परिक्षण गरेको कार्यक्रम संयोजक क्लबका द्वितीय उपाध्यक्ष जीवन घिमिरेले जानकारी दिए। आखा परिक्षण गराएका मध्ये १० जनाको शल्यक्रिया गर्नु पर्ने छ भने ३६ जनामा मधुमेह देखिएको छ ।

    आखा परिक्षण गरि समस्या देखिएका १२८ जनालाई निशुल्क रुपमा आैषधी समेत प्रदान गरिएको जानकारी क्लवका कोषाध्यक्ष अमृत भण्डारीले जानकारी दिए।

    क्लवले शुक्रबार नै वातावरणीय सरसफाइ अन्तरगत सैनामैना ७ को वडा परिसरमा बिहान ८ बजे क्लबले नै लगाएका विरुवामा गोडमेल समेत गरेको क्लवका गणेश बेल्बासेले जानकारी दिए।

    आँखा शिविर तथा मधुमेह परिक्षण कार्यक्रम बयरकट्टी रामनगर टोलमा रहेको जनसेवा एकता युवा क्लवको भवनमा सम्पन्न भएको हो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend