Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कालापानीलाई बेस क्याम्प बनाइदैँ


२९, पुस २०८०
  • 227
    SHARES
  • कालापानीलाई बेस क्याम्प बनाइदैँ

    दोलखा। सैलुङ डाँडालाई पर्यटकीय स्थल बनाउन सैलुङ गाउँपालिका–८ मा अवस्थित कालापानीलाई बेस क्याम्प बनाउन लागिएको छ । समुद्र सतहदेखि तीन हजार मिटरमा उचाइमा रहेको शैलुङडाँडालाई पर्यटकहरू लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाइन लागिएको गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठले बताउनुभयो । 

    उहाँका अनुसार यो स्थान जिल्लाको अग्लो भू–भाग र पर्यटकीय स्थल समेत भएकाले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । अझ पर्यटक भित्र्याउन यहाँ विभिन्न संरचनाहरू निर्माण गर्न लागिएको छ । पर्यटकहरूलाई सेवा सुविधाका लागि होटेल, गोलघरलगायतका संरचनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् । केही समयमा नै यी संरचनाहरू सञ्चालनमा ल्याइने छन् । 

    बागमती प्रदेशको साढे दुई करोड लगानीमा गोलघर निर्माण भइरहेको छ । तीन ढलानमा निर्माणाधीन गोलघरमा मिटिङ हलसहित १३ वटा कोठा रहेका गाउँपालिकाका इन्जिनियर कमल थापा मगरले जानकारी दिनुभयो । 

    यहाँ २० वटा होटेल निर्माण हुने लक्ष्य अनुसार तीन वटा बनेर सञ्चालनमा आइसकेका छन् । इन्जिनियर थापा मगरले भन्नु भयो, यहाँ सौन्दर्य समेत बनाउन ५० लाख रुपियाँमा बुद्ध पार्क निर्माण भएको छ । ५७ लाख रुपियाँमा बौद्ध स्तूपा (छोर्तेन) निर्माण भएको छ । 

    पर्यटकलाई सैलुङ जान सहजताका लागि सङ्घीय सरकारको साझेदारीमा ५४ लाख रुपियाँमा पैदल मार्ग निर्माण भइसकेको छ । उहाँले भन्नुभयो, कालीपनादेखि सैलुङसम्म ७७० मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार रहेको मिनीग्रेटवाल निर्माण अन्तिम चरणमा पुगेको छ । पर्यटन पूर्वाधार विकास र पालिकाको साझेदारीमा पाँच करोड ३० लाख लगानी भएको छ । 

    शैलुङडाँडामा दुई करोड रुपियाँ लगानीमा ४५ फिट अग्लो छोर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । सैलुङ, मेलुङ र रामेछापको दोरम्बा गाउँपालिकाले २०/२० हजार रुपियाँ लगानी गरेका छन् भने बाँकी रकम व्यक्ति, सङ्घ संस्थाहरूबाट आर्थिक सहयोग जुट्दै गरेको जानकारी दिँदै इन्जिनियर थापा मगरले भन्नु भयो, पर्यटकहरूलाई सुविधाका लागि गाउँपालिकाले फ्री वाइफाइको व्यवस्था समेत गरिदिएको छ ।

    गाउँपालिकाले सोही स्थानमा साढे दुई केजीको घण्टी जडान गरिसकेको छ । कालापानीसम्म पुग्न गाउँपालिकाले सडक व्यवस्थित गरिसकेको छ । 

    गाउँपालिका १२८.६७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । जिल्लाको एक ऐतिहासिक, धार्मिक, सास्कृतिक र पयर्टकीय महत्त्व बोकेको गाउँपालिकामा १७ हजार ९९३ जनसङ्ख्या रहेको छ । गाउँपालिकामा जनजातीय बाहुल्यता रहेको छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend