Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्यटनको सम्भावना पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्री श्रीपालीको जोड


२९, पुस २०८०
  • 354
    SHARES
  • पर्यटनको सम्भावना पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्री श्रीपालीको जोड

    अर्घाखाँची । सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । 

    नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा जोडदिनुभयो । रिपोटर्स क्लब नेपाल लुम्विनी प्रदेशले सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचार प्रसारका माध्यमबाट जिल्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाल पत्रकार महासंघ लागेकोमा धन्यवाद समेत दिनुभयो ।

    नेपाल पत्रकार महासङ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रबर्धन अभियानमा सबैले साथ दिनुपर्नेमा उहाँले जोड दिनुभयो । लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुदै जिल्लाका अन्य पर्यटकिय क्षेत्रमा पुर्याउन सकेमा मात्र जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रीपालीको भनाइ रहेको छ । 

    नेपाल पत्रकार महासङ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रबर्धन अभियानको उद्घाटनमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड यहि माघ १ गते सन्धिखर्क आउने कार्यक्रमलाइ लक्षित गर्दै आयोजना भएको कार्यक्रमा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लाको पर्यटन विकासमा प्रदेशको तर्फबाट पर्याप्त बजेट विनियोजन हुन नसकेको स्विकार गर्दै आगामी दिनमा पहल गर्ने बताउनुभयो ।

    जिल्ला समन्वय समितिका सभापति जिवनारायण कोइरालाले प्रधानमन्त्री दाहाललाई जिल्लाका महत्वपुर्ण बिकास आयोजनाको  निर्माणका विषयमा ध्यानाकर्षण गराउने बताउनु भयो । नेपाली काग्रेस लुम्विनी प्रदेश सहमहामन्त्रि बिष्णु प्रसाद खनालले जिल्लाका पर्यटकिय स्थलको पुर्वाधार निर्माण नहुदाँ पर्यटनको विकासले गतीलिन नसकेको बताउनुभयो । 

    जिल्लाको विकासमा सबैको साझा एजेन्डा बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले चारवटै सुरक्षा निकाय परिचालन गरि जिल्लाको समग्र शान्ति सुरक्षा चुस्त पारिएको बताउनुभयो ।

    कार्यक्रममा सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ,पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली,जिल्ला उपाध्यक्ष विरेन्द्र केसी,सहसचिव हृदय भुसाल,चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम रिपोर्टस क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र नविन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend