Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने


८, माघ २०८०
  • 184
    SHARES
  • रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने

    गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुँदै आएकामा आगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरि व्यवस्था मिलाइएको हो । 

    अहिले बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको छ । यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । यसका लागि नेपाल नागरिक उड्यन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । 

    विमानस्थलको उद्घघाटन निजी क्षेत्रको बिमानबाट भएको भएतापनी यात्रुको अभाब हुने कारण देखाउदै प्राईभेट कम्पनीले उडान गर्न नमानेपछि नेपाल वायुसेवा निगम संग रेसुङ्गा नगरपालिकाले घाटा व्यहोर्ने सम्झौता गरेपछि गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान बाट नियमित उडान सुरु भएको हो ।  

    विमानस्थलको धावनमार्ग छोटो भएका कारणले १५ सीट क्षमताको सानो ट्वीनेटर विमानले सेवा दीएको छ । यात्रुको चाप बढि भएको तर उडान कम भएकाले अत्याबश्यक कामका यात्रुसमेत सेवाबाट बन्चित हुनुपरेको जनताको गुनासो रहेको छ ।

    हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकांश गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend